पथरी । सून्दरहरैचा नगरपालिका वडा न. ११ शुक्रबारे सुकुम्बासी बस्तीका एक ब्यात्तीलाई प्रतिनिधी सभाका सदस्य सुनिल शर्माले उपचार गरेर नयाँ जीवन दिएका छन ।
बर्ष ४३ का बिशाल बिश्वकर्मालाई घाँटीको क्यान्सरले सताएको थियो । उपचार गर्नको लागी पैसा नभएर मृत्युलाई पर्खिरहेका बिकलाई नोवेल मेडिकल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले निशुल्क उपचार गरेर बचाए ।
निर्माण मजदुरी गरेर घरपरिवार पाल्दै आएका बिकलाई क्यानसर जस्तो प्रणघातक रोग लागेपछि उपचार गर्ने पैसा थिएन, तर डा. सुनिल शर्मा घरमा आएर अस्पताल लगि सफल उपचार भएपछि अहिले परिवारमा खुसी छाएको छ । बिकको काठमाण्डौं मेडिकल कलेजमा उपचार भएको थियो ।

तपाईको प्रतिक्रिया