अर्जुन काफले
पथरी । लहरै लागेका स साना झुपडी, झुपडी भित्र पाक्दै हुन्छ वंगुरका परिकार । मार्वलमाथी वंगुरको मासु पोलिरहेको भेटिन्छन झुप्राहरुमा । जंगलको विचमा रहेको ठाउमा मासुका पोलेका परिकार खाने र रमाउनेको संख्या पछिल्लो समय वृद्धि हुदै गएको छ ।
शान्त वातावरणमा वसेर पोलेको मासु खाने अनि रमाइलो गर्नेहरुका लागी गतिलो गन्तव्य वन्दै आएको छ वासेचौरी । मोरङ्गको पथरी वजारवाट २ किमी उत्तर लागेपछि पुगिने वासेचौरीमा अहिले मासु खान जानको संख्या वडे संगै यहाको व्यापार पनि वड्न थालेको स्थानिय व्यावसायीहरु वताउने गरेको छन् ।
दुई वर्ष अघिवाट स्थानिय सुन्झोडा सामुदायीक वनले सुन्झोडा पर्यटकिय क्षेत्र स्थापना गरे संगै यो स्थानमा पसल सञ्चालनमा आएका छन् ।सुन्झोडा खोलाको बगरमा रहेको यो स्थानमा गर्मी मौसममा सितलता प्रदान गर्ने ठाउका रुपमा समेत चिनिने गरेको छ । हिउद याममा वनभोज खान आउनेको संख्या धेरै भए पनि अन्य मौसममा यहा आउनेको संंख्या कम हुने भए पनि पछिल्लो समय यहा वाक्लो संख्यामा आन्तरिक पर्यटकको धुइचो लाग्न थालेको वनका अध्यक्ष वलवहादुर धिमाल वताउछन ।


एकदिनमा एक देखी दुई वटा वंगुर काटिने र पोलेर विक्रि हुने गरेको व्यावसायीहरु वताउछन । पहिला पहिला कम मात्रामा मासु विक्रि हुन्थ्यो अहिले मासु पारखीको संख्या वृद्धि भए संगै मासुको परिणाम पनि वढेको छ स्थानिय व्यापारी वताउछन । बंगुर काटेर बेच्ने पसल समेत बडेका छ्न । मासु पारखिले केजि मै मासु किन्न सक्ने र पोलेको मात्रै शुल्क बुझाउदा आबस्यक मात्रामा मासु खान पाउने छ्न । एक केजी मासु पोले पछि ५ सय ५० रुपयाँ पर्ने छ । त्यो अन्य स्थान भन्दा निक्कै सस्तो भएको उपभोक्ता हरु बताउछ्न ।
मार्वल ढुङ्गामा मासु पोलिन्छ पोलेको मासुमाथी टमटर र टिमुरको अचार राखेर खादा निक्कै स्वाद आउने मासु पारखी हरु वताउछन । यहाँको पोलेको मासु खान नियमित आउने गरेको कानेपोखरीका श्रवण लिम्वु वताउछन । साथीहरुसंग यहाँ आउदा मन शान्त हुने उनी वताउछन ।


वंगुर मात्र नभइ कुखुराको मासु समेत पोलेर विक्रि गरिने गरेको छ । १५ देखी २५ केजी सम्म कुखुराको मासु पोलेरै विक्रि हुने गरेको छ । मासु र चिसो पर्दाथ समेत राम्रो विक्रि हुन थालेको छ ।
यहाँ वसेरै खान पाउने सुविधा छ भने शौचालय र पानीको व्यावस्था समेत वनले उपलव्ध गराएको छ । पोलेको मासुको पारखीका लागी यो स्थान उपयुक्त हुने छ ।तस्वीरहरु अर्जुन काफ्ले

तपाईको प्रतिक्रिया