बिजय खम्बु
पथरी । वर्ष ५८ का उपेन्द्र थापाको नाम पथरीशनिश्चरेको स्थानिय राजनितिमा चर्चित र इमान्दार ब्यात्तीको रुपमा चिनिन्छन ।
नेपाली कांग्रेस पार्टी साविक हसन्दह गाबिसको सभापति रहेर ३ कार्यकाल काम गरेका थापा अहिले बिगत १५ वर्षदेखी राजनिति छाडेर उद्योग ब्यवसायमा लागेका हुन ।
साविक हसन्दह गाबिसलाई अहिले पथरीशनिश्चरे नगरपालिका वडा न. ५ र ६ बनाइएको छ । राजनिति गर्दा हसन्दहमा जनताको प्रत्येक घरमा पुगे । कुनै लाभको पदमा पुगेनन् । शत्ती दुरुपयोग पनि गरेनन् । गरे त केबल निष्ठाको राजनिति मात्र गरे । राजनितिमा उचाल पछार हरेक टिकिडमको भुमरी भित्र आफनो भबिष्य नदेखेपछि चटक्कै छाडेर राजनितिमा कमाएको प्रपोटिको रुपमा रहेको इमान्दारिताले नै ब्यवसायमा सफलता पाएका छन ।
राजनिति छाडेपछि पथरीशनिश्चरे नगरपालिका वडा न. ३ मोरङमा ५ जना साथी मिलेर जय बंगलामुखी इटा उद्योग प्रा.ली. चलि राखेको अवस्थामा १ करोड ५० लाख रुपैयाँमा खरिद गरि सुरु गरेका थिए ।
जय बंगलामुखी इटा उद्योग प्रालीले आइबिटी इटा उत्पादन तथा बिक्री गर्छ । अहिले पनि यो उद्योग गोपाल पोद्धार अध्यक्ष तथा उपेन्द्र थापा र जब्बरबहादृर तामाङ संचालक रहेर ३ जनाको सझेदारीमा सञ्चालनमा छ ।
जय बंगलामुखी इटा उद्योग प्रालीले सिजनको बेला २ सय ५० जना भन्दा बढी मानिसलाई रोजगारी दिन्छ । अफसिजनको बेला अहिले पनि दैनिक ३५ जना बराबरले राजगारी पाएका छन । सवारी चालक, जेसिबि चालक, हेल्फर लगायतका मानिसले दैनिक काम गर्छन । छिमेकी मुलुक भारतबाट धेरै जना मजदुरीका यस उद्योगमा आउँछन । स्थानियहरुलाई राजगारीको पहिलो प्रथामिकता दिए पनि कमै मानिस मात्र काम गर्न आउने गरेको संचालक थापा बताउँछन ।
इटा ब्यवसायमा पारिवारिक कथा छ । खासमा सबै भन्दा पहिलो पटक मोरङको उर्लाबारी मंगलबारेमा २०२६ सालमा टिबिटि इटा उद्योग थापाका मामलीको मामाले संचालनमा ल्याएका थिए । अहिले दाजु सहित परिवारका ५ जनाले इटा ब्यवसायमा रहेर काम गरिरहेका छन ।
हाम्रो परिवारिक पेशाको रुपमा यस इटा ब्यवसायलाई बनाएका छौं । गत सिजनमा २ करोड रुपैयाँ बराबर लगानी गरेर इटा बनाएका छौं । अहिले पनि भट्टा भित्रनै करिब ८ लाख बढी इटा छन ।
पानीको सिजन गएपछि मात्र निकाले पछि बिक्री वितरण हुने बताउछन ।
यो ब्यवसायमा ६५ लाख रुपैयाँसम्मा आम्दानी लिएका थियौं । तर कोभिड पश्चात पेट पाल्ने रुपमा मात्र ब्यवसाय रहेको बताउछन ।
खासमा पहिला भारतबाट १० हजार रुपैयाँमा आउने कोइला अहिले अमेरिक, अष्ट्रेलिया र इन्डोनेसियाबाट ४५ हजार रुपैयाँमा ल्याउनु पर्ने बताउछन ।
भारतमा उत्पादन भएका कोइला सरकारले वातावरणमा असर गरेको भन्दै बन्द गरेपछि यतिको महङगो तिर्नु परेको थापाको भनाई छ ।
जय बंगलामुखी इटा उद्योग प्रालीले उत्पादन गरेको इटा भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, पाचथर, ताप्लेजुङ इलाम झापामा बजार छ ।
स्थानिय स्तरमा पथरीशनिश्चरे, लेटाङ, कानेपोखरी, सुनवर्सि उर्लाबारी लगायत नगरपालिका तथा गाउँपालिकाहरुमा ब्यापार गर्छन ।

तपाईको प्रतिक्रिया