पथरी । पथरीशनिश्चरे नगर क्षेत्रमा ३ सय ५८ जनालाई डेङगु संक्रमण पुष्टी भएको छ ।
पथरीशनिश्चरे नगरको जनस्वास्थ्य कार्यालयका बरिष्ठ अधिकृत एकराज खत्रीको अनुसार ३ सय ५८ जनामा डेङगु संक्रमण पुष्टी भएको हो ।
पथरीशनिश्चरेमा रहेको स्वास्थ्य संस्थामा आएका बिरामीको रगत परिक्षण गर्दा यतिका संङख्यामा डेङगु संक्रमित भेटिएको अधिकृत खत्रीको भनाई रहेको छ ।
जनस्वास्थ्य कार्यालयले डेङगुको लार्भा नष्ट गराउन र मानिसलाई बच्न र बचाउनको लागी वडा कार्यालयहरुलाई बिषादी उपलब्ध गराएको थियो ।
अहिलेसम्मा डेङगुको कारण पथरीशनिश्चरेमा कसैको ज्यान नगए पनि संक्रमणको उच्च जोखिम भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बिरामीहरुको उपचार पथरी नगर अस्पताल, निजी स्वास्थ्य संस्था तथा अन्य पथरी बाहिरका अस्पतालमाहरुमा लगेर उपचार भइरहेको छ ।
डेङगु संक्रमण अझ बढेर जाने सम्भावना रहेकोले घर छेउछाउमा जमेको पानी घोप्टाउने तथा माटो लगाएर पुरेमा लामखुट्टेको डेङगु लार्भा नष्ट हुने सोहि अनुसार काम गर्न अपिल गरिएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले अनुरोध गरेका छन ।

तपाईको प्रतिक्रिया