
पथरी । संघिय सांसद डा. सुनिल शर्मा सम्मानित भएका छन । स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको सम्मानित भएका हुन । मोरङ क्षेत्र न. ३ बाट निर्वाचित सांसद मोरङ विराटनगरमा रहेको नोवेल मेडिकल शिक्षण अस्पताल तथा काठमाण्डौं मेडिकल कलेजका संचालक समेत रहेका डा. शर्मालाई माइती नेपालले सम्मान गरेको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेद्र आचार्य र माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले दोसल्ला ओढाएर ताम्रापत्रले सम्मान प्रदान गरिएको थियो ।
स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ र नागरिकको पहुँच पुर्याएर सेवा गरेको डा. शर्मालाई प्रदान गरेको ताम्रापत्रमा उल्लेख छ ।
डा. शर्माले देशको बिभिन्न ग्रामिण भेगमा रहेका मानिसको उपचार गर्न मेडिकल टिमनै लगेर निशुल्क उपचार गर्दछन भने नोवेल मेडिकल कलेजमा दैनिक संयौ मानिसको निशुल्क उपचार गरिरहेका छन ।






