पथरी । बिश्व आदिबासी दिवसलाई पथरीशनिश्चरेमा भब्य रुपमा मनाइने भएको छ ।
नेपाल आबिासी जनजाती महासंघ नगर समन्वय परिषद पथरीशनिश्चरेले शनिबार पत्रकार सम्मेलन गर्दै साउन २४ गते भब्य रुपमा सम्पन्न गर्ने तयारी गरेको जानकारी दिएको हो ।
नगर समन्वय परिषद पथरीशनिश्चरेका अध्यक्ष देबेन्द्र वनेमका अनुसार १९ वटा जातिय समुदायको करिब १ हजार जनाको उपस्थितीमा किरात राई यायोक्खाको साकेलाथान पथरीमा कार्यक्रम गर्ने तयारी भइरहेको जनाएका थिए ।
यस कार्यक्रममा सहभागी हुन सबै पक्षलाई पत्रकार सम्मेलनबाट अनुरोध समेत गरे ।
पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा “पहिचान र अधिकार सुनिश्चताका लागी आदिबासी आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रर्वदन गर्दै पुख्र्यौली भूमि भाषा र संस्कृतिको संरक्षण गरौ”ं भन्ने नारा सहित बृहत उपस्थितीमा कार्यक्रम सम्पन्न गरिने अध्यक्ष वनेमले जानकारी गराए ।
कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापो रहने र अन्य बत्ताहरु ल्याउने विषयमा छलफल भइरहेको जनकारी दिए ।

तपाईको प्रतिक्रिया