
पथरी । मोरङ क्षेत्र ३ बाट अत्याधिक मतले बिजयी बनेका प्रतिनिधी सभाका सदस्य डा. सुनिल शर्मालाई सिआइबिले पक्राउ गरेपछि रहाइ गर्न माग गरेको छ ।
नेपाल बिद्यार्थी संघको पथरी बहुमुखी क्याम्पसको अगुवाइमा पथरीको जाँतेमोडमा बिनासर्त रिहाइकको माग गर्दै कोणसभा गरेको हो ।
नेपाली कांग्रेस पार्टीका सभापति रुपनारायण भट्टराई प्रहरीले सांसद शर्मालाई बिना सर्त रिहाई गर्नु पर्ने माग गर्दै बिरोधको कार्यक्रमको तयारी भएको जानकारी दिए ।
सांसद शर्मालाई रिहाई नगरिए भोली साउन २६ गते बिरोधका थप कार्यक्रम ल्याइने सभापति भट्टराईले जानकारी दिए । डा. शर्मालाई नेपाल प्रहरीको सिआइबिले शैक्षिक योग्यता आइएस्सी उतिर्णको प्रमाणपत्र नक्कली भएको आरोपमा बिहिबार आज पक्राउ गरेको छ ।






