पथरी । मोरङ क्षेत्र न. ३ बाट निर्वाचित संघिय सांसद डा. सुनिल शर्माले आफुले प्रधानमन्त्री प्रचण्डलाई “आतंककारी” नभनेको बताएका छन ।
पथरीशनिश्चरे नगरपालिका २ को सिनभिलेज पार्टी प्यालेसमा आयोजित आन्तरिक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीलाई “आतंककारी” भनेको प्रमाण ल्याउन चुनौती दिदै यस्तो नभनेको बताएका हुन ।
आज साउन ३० गते मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गत चैत्र १७ गते प्रकाशसरण महत अर्थमन्त्री भएपछि अर्थसचिव ओम रायमाझीलाई सहित विमानस्थलमा रहेका भन्सारका हाकिम, कर्मचारी र प्रहरी परिवर्तन गरेर नेपालको बिमानस्थल प्रयोग गरि दैनिक तिन सयदेखी ४ सय टन सुन भारतिय बजारमा पुर्याउने गरेको बताए । १ सय किलो सुन भारत पुर्‍याए बापत १४ करोड तस्कारबाट ल्याउने काम भइरहेको बताए ।
सुन तस्करीको लागी अर्थमन्त्री र गृहमन्त्रीको भूमिका रहेको प्रमाण आफुसंग रहेकोले राजिनामा माग्दा चिसो सिमेन्टमा २४ घण्टासम्मा गिरफतारी गरेको बताए ।
“केपी ओलि जिन्दाबाद” भन्नु भन्दा पहिला आफुले विपी जिन्दाबाद, गणेशमान जिन्दबाद, किसुनजी जिन्दाबाद, भनेको भन्दै मिडियाले त्यती भइसलाई मात्र कैंचीले काटेजस्तो पारा फण्डा बनाएको बताए । डा. शर्माले भने, म बाँचौला या नबाँचौला, मलाई जेल भित्र राखे या बाहिर बसे पनि जनताको आवाज उठाउने र बोल्ने बताए ।
आफु काठमाण्डौं भदौ ३ गते फर्कने बताउदै अन्याय र अत्याचारको बिरुद्धमा सधैं बोलिरहने बताए ।

तपाईको प्रतिक्रिया