पथरी । पथरीशनिश्चरे १ जनआन्दोलन चौकबाट हराएको पिकअप भेन गाडी विराटनगरको एक ग्यारेजमा भेटिएको छ ।
आइतबार बिहान करिब ४ बजेको समयमा हराएको को १ च ९६५५ नम्बरको गाडी ग्यारजमा राखिएको अवस्थामा भेटिएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी भण्डारीका अनुसार गाडी भेटिएको र आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
पथरीमा ब्यवसाय संचालन गरि बसेका प्रेमबहादुर गुरुङले सडकमा राती पार्किङ गरि छाडेको अवस्थामा गाडी हराएको जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया