विजय खम्बु
पथरी । प्रदेश न. १ मा पहिलो पटक “गणेशमान सिहं सामुदायिक वन राष्ट्रिय पुरस्कार” प्राप्त गर्न सफल हरियाली सामुदायिक वन उपभोत्ता समुह पथरीशनिश्चरे २ मोरङ हो । त्यो पुरस्कार प्राप्त गर्न सबैको योगदान उतिकै छ । यो प्रतिफलको पहिलो जस नेतृत्वलाई जान्छ र त्यसको नेतृत्वकर्ता या अध्यक्ष हुन, काबुलबहादुर मगर (विकास) ।

श्रीमती विष्णु सहित निज निवासमा काबुलबहादुर मगर
३ कार्यकालसम्मा कुसलता पुर्वक ढंगले अध्यक्षको जिम्मेवारी पुरा गरेका काबुलबहादुर मगर (विकास) चौथो कार्यकाललाई अध्यक्ष पद्मा पुन: सर्बसम्मत उम्मेद्धवार बनेर उभिएका छन । १८ औं चुनावि साधरण सभा यहि भदौ २३ गते तोकि सकेको छ ।
सबै मानिसको जीवन प्रेरणाको स्रोत अवस्य हो । तर काबुलबहादुर मगर (विकास) यो समाजको लागी नौलो प्रेरणाको स्रोत अवस्य हो । मगरले प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय सम्मान प्राप्त गरेका छन । उनै मगरसंग कुराकानीमा आधारित रहेर एउटा नेतृत्वको कथा लेख्ने कोशिस गरिएको छ । जय यस प्रकार छ ।

वन कार्यालय अगाडी रहेको गार्डेनमा फुल रोप्दै अध्यक्ष मगर सहित ।
बाल्यकालको सम्झाना
मेरो जन्म २०३५ माघ १ तिरिङगे ताप्लेजुङमा भएको थियो । म एक वर्षको छँदा बाबुआमाले बसाइसराई गरि पथरीशनिश्चरे ३ झार्नु भएको थियो । बसाइसरी आएको स्थानमा हाम्रो २ बिघा ऐलानी जग्गा हो । अहिले पनि छ । मेरो अंशमा ७ कठठा जग्गा परेको थियो । अहिले पनि त्यसै खेतीको धानले मेरो परिवारको पालिएका छौं । हामी बसेको ठाँउ जंगल थियो । त्यसलाई फाँडेर खेतीयोग्य जमिन बनाउनको लागी बाआमा दाजुहरुले धेरै मिहेनत गर्नु भयो ।
आर्थिक अवस्था एकदमै कमजोर थियो । खान लाउनमा नै समस्या भएको कुरा सम्झन्छु । आर्थिक अवस्था कमजोर भएकै कारणले गर्दा मैले कक्षा ५ सम्मा मात्र अध्ययन गरेको छु ।
हामी धेरै भाइ हौं। म अन्तरे हु ।

सामुदायिक वन उपभोत्ता समुहले निर्माण गरेको कार्यक्रमसभा हल ।
कमाउन हिडेको सम्झाना
२०५१ साल तिर दुर्गा माबि लामाटोलमा पढिरहेको थिंए । घरको आर्थिक अवस्थामा कमजोर भएकै कारण कमाउनको लागी १५ वर्षको उमेरमा म सिक्किमको जङगुमा अलैंचीबारीमा काम गर्न गएको थिए ।

समुहले निर्माण गरिरहेको पौडी पोखरी ।
रोजगारीको लागि घर छोडेर हिंडेको त्यो पहिलो अनुभव हो । अलैंचीको काम सकिए पछि सिक्किमबाट घर आंए । फेरी कमाउनको लागी साथीहरुसंग सुर्खेत गए । सुर्खेतमा घुम्ने, खाने, डुल्ने यस्तै गरि बित्यो । सुर्खेतमा म सडक निर्माण मजदुरी भएर काम गरेको छु ।
सुर्खेतबाट फर्किए पछि लमजुङ गंए । भारतको हिमाञ्चाल प्रदेश, गुजरात लगायत बिभिन्न स्थानमा काम गरेको थिए ।
भारतबाट फर्किर पुन: लमजुङ गंए । त्यहाँ लेबर, मिस्त्री हुंदै ठेकेदारी गरें । मैले ठेकेदार भएर १५ वटा घर बनाएको छु । २०६३ सालमा लमजुङबाट पथरी घर फर्किए पछि म बैदेशिक रोजगारीको लागी कतार गंए । ठुलो जहाज चढने पनि रहर थियो । बिदेश जाने पनि रहर थियो । त्यसैले कतार गंए । कतारमा १७ महिना बसेको छु । साहुले काम दिन नसके पछि त्याहबाट फर्कि आएपछि कहिं गएको छैन ।
मेरो राजनितिक यात्रा
२०६५ सालमा क्रान्तीकारी लिम्बुवान लोकतान्त्रीक राष्ट्रिय पार्टीमा आवद्ध भएर काम सुरु गरेको थिंए । त्यस पार्टीमा मोरङ जिल्लाको अर्थ सचिवको जिम्मेवारी सम्हाले । पछि कमल छाराहाङको निधन भएपछि त्यता छोडियो र नेपाली कांग्रेसमा आस्थाको राजनिति गरे ।

गणेशमान सिहं सामुदायिक वन राष्ट्रिय पुरस्कारको प्रमाणपत्र ।
सामुदायिक वनको यात्रा
२०७१ भदौ ५ गते हरियाली सामुदायिक वन उपभोत्ता समुहको १५ औं चुनावि साधरण सभा हुने निश्चित भयो । वनमा चन्दा आतंक र चोरी तस्करी ब्याप्त हुने कुरा मलाई थाहा थियो ।
भुपाल गुरुङ, स्वा. कृष्णराज बेघा अध्यक्षको प्रत्यासी थिए । मैले भुपाल गुरुङलाई सर्बसम्मत अध्यक्ष बनाऊ, भनेर स्वार्गिय बेघालाई प्रस्ताव गर्दा नमाने पछि मैलेपनि तल्लो भेगको करिब ३५ भोट जति काटने मनसायले उम्मेद्धवारी दर्ता गराएको थिंए ।
तर ४३ भोटले चुनाव पो अध्यक्ष जितेछु । म भाषणकला नभएको मान्छे हुँ । निर्वाचन मण्डलले निर्वाचितहरुलाई प्रमाण पत्र प्रदान गरेपछि प्रतिवद्धता जनाउन बोलायो । मैले वन हस्तानतरण गरि जनताको हातमा ल्याउँछु मात्र भने । मैले बोल्न जानेको नै त्यति नै हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तानतरण गरेको सम्मानपत्र
२०७१ पौष ९ गतेको दिन नभन्दै म निर्वाचित भएको ४ महिना पश्चात हरियाली सामुदायिक वनलाई नेपाल सरकारले समुहमा हस्तानतरण पनि गरिदियो ।
काम गर्ने जाँगर चल्यो । चोरी तस्करी नियन्त्रण गर्न रात्री गस्ती लगायत काम गरियो । त्यस वखत जिल्ला वन कार्यालय मोरङले काम गरेको देखेर सान्तवना पुरस्कार दिएको थियो ।
वार्षिक रुपमा तेस्रो दोस्रो र प्रथम पुरस्कार हरियालीले पाउँदै जाँदा म र हाम्रो टिम उत्साहित भएर काम गर्न थाल्यौं । रतिभरको समयलाई सदुपयोग गर्दै गायौं ।
हरियाली सामुदायिक वन उपभोत्ता समुहलाई २०७८ मा नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वन तथा भू संरक्षण बिभाग, बबरमहल काठमाण्डौंले “गणेशमान सिहं सामुदायिक वन राष्ट्रिय पुरस्कार” प्राप्त भयो ।
वन मन्त्री शत्तीबहादुर बस्नेत, मन्त्रालयको सचिव डा. विश्वनाथ ओली र महानिर्देशक डा. रामप्रसाद लम्सालले सम्मान पत्र नगद १ लाख रुपैयाँ सहित प्रदान गरे ।
सोही वर्ष नेतृत्वको हिसावले प्रधानमन्त्री शेरबहादुर देउवाले काबुलबहादुर मगर “सामुदायिक वन अभियान्ता सम्मान” ले सम्मानित भए ।
धेरै वर्ष पहिला एकदिन बाटोमा डुलि हिड्ने पण्डा (ज्वोतिश) भनेको थियो । तँ ठुलो मान्छे हुन्छस । राष्ट्रिय सम्मान पाँउछस, भनेको सम्झन्छु । त्यसबेला मैले ति पण्डालाई हावा कुरा नगर, भनेको सम्झन्छु । मैले पढेको पनि छैन । धेरै कुरा जान्दिन । थाहा छैन । कसरी राष्ट्रिय सम्मान पाँउछु जस्तो लाग्थ्यो । तर पाइयो । त्यसले जबरजस्ती एउटा इयूँ दिएको थियो । त्यसलाई अहिलेपनि मेरो हातमा औंठी बनाएर लगाएको छु ।
“गणेशमान सिहं सामुदायिक वन राष्ट्रिय पुरस्कार” पाउनुमा समुहको उपाध्यक्ष केशव दाहाल, सचिव निर्मला चौहान, कोषाध्यक्ष दिलबहादुर तामाङ र कार्यालय सचिव लिला गुरुङले रातोदिन खटिएको स्मरण गर्छन । नेपाल पत्रकार महासंघ मोरङ शाखाका उपाध्यक्ष मोहन भट्टराईको अमुल्य योगदान छ ।
अहिले मलाई के लाग्छ भने इमान्दार साथ आत्माबल बलियो काम गर्ने हो भने सकिने रहेछ ।

हरिसाली सामुदायिक वन उपभोत्ता समुहको कार्यालय प्रबेशद्धवार
हरियाली सामुदायिक वन
हरियाली सामुदायिक वन उपभोत्ता समुहको क्षेत्रफल २ सय ४५. ९४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । १ हजार २८ घरधुरी संख्या रहेको यस वनले २०७३,७४, ७५, ७६ र ७७ मा ५ वर्ष वैज्ञनिक वन ब्यवस्थापनको कार्यक्रम गरेको थियो ।
अहिले जिल्ला वन कार्यालय मोरङले रत्नचौक पश्चिम, पथरी बहुमुखी क्याम्पसको ठाडो बाटो पूर्व, पथरी छयालिसबिघे पैनी दक्षिण र वडा न. १ र २ को सिमानामा बाटोको उत्तर ४.४६ हेक्टर क्षेत्रफलको जग्गा हस्तानतरण गरेको छ ।

हरियाली सामुदायिक वन उपभोत्ता समुहको ग्राउण्ड ।
यो जग्गाको कागजी स्वामित्व हामीसंग भएपनि स्थलगत रुपमा स्थानिय सरकारसंगको समन्वयमा उपभोग गर्ने प्रक्रिया अगाडी बढाइरहेका छौं ।

तपाईको प्रतिक्रिया