अवकास प्राप्त प्रहरी हवल्दार भिमबहादुर बस्नेत ।

विजय खम्बु
पथरी । नेपाल प्रहरीको स्थापना वि.स. २०१२ सालमा प्रहरी ऐन जारी भएपछि मानिन्छ । जनधनको शान्ति सुरक्षा गर्ने उदेश्यले स्थापना गरिएको नेपाल प्रहरी संगठन अहिले ६८ औं वर्षको यात्रामा हिंडिरहेको छ ।


श्रीमान/श्रीमती भिमबहादुर र भिमकुमारी बस्नेत
नेपाल प्रहरीमा रहि सेवा गरेर अवकास पाउने लाखौं प्रहरी कर्मचारीहरु मध्ये एक जना पथरीशनिश्चरे नगरपालिका ७ लामाटोल बसोबास गरिरहेका हवल्दार भिमबहादुर बस्नेत पनि एकजना हुन । दोलखाबाट १०/१५ जना युवाहरु ४ दिन हिडेर काठमाण्डौं पुगि प्रहरीमा अवेदन दिए । त्यसबेला उचाई ५ फिट २ इन्च, छाती नफुलाई ३२ इन्च, फुलाएर ३४ इन्च । मेडिकलमा फिट भएपछि भिमबहादुर बस्नेत २०२८ साउन १ गते प्रहरी जवान पद्मा भर्ती भए । भर्ती भएर जाँदा मासिक ५० रुपैयाँ तनखा थियो ।

प्रहरी सेवामा रहँदाको पुरानो तस्वीर ।
सदर प्रहरी तालिम केन्द्र महाराजगञ्ज काठमाण्डौंमा ६ महिनाको तालिम अवधी सम्पन्न गरि धरान सुनसरीमा पहिलो पोष्टिङ भएको थियो ।
त्यसबेला धरान ठाना सहिसापको कमाण्डमा २ जना असइ, ४ जना हवल्दार र १२ जना सिपाहीको दरबन्दी थियो । त्यति नै थियौं । धरान तल सेउतीपुलमा २०३२ सालमा एक दिन यात्रुबहाक बस र ट्रक दुरघटना भयो । बसमा सवार ४ जना मानिस घटना स्थलमा मृत्यु थियो । असइसापले घाइतेहरुलाई उद्धार गरि घोपा क्याम्प लगे ।
म र अर्को अर्को जना साथी चाहीं लासको प्राकृतिक मुचुल्का उठाउन नभियाएर राती पर्खनु पर्ने भयो ।
बसको साहु धरानका थिए । गाडी दुरघटनामा परेको खबर पुगेपछि खलासीलाई सानो गाडी कुदाउन लगाएर दुरघटना स्थल तर्फ झर्ने क्रममा तिनकुनेनिर त्यो गाडी पल्टीएछ । मसंग भएको एक जना गाडी पल्टीए तिर गए । अब परियो एक्लै । एउटा छडीको भरमा रातभरी त्यो लास रुगेर बसे । पेट्रम्यक्स (मइन्टोल) बालेर रात भरि बसे । भोली पल्ट बिहान पञ्चप्रतिनिधि आएर सार्वजानिक मुचुल्का उठाएर लगेको थियो । प्रहरी जिवनमा सबैभन्दा डरलाग्दो दिन मेरा लागी त्यो दिन थियो ।


भिड नियन्त्रण तालिममा सहभागी भइ प्राप्त प्रमाणपत्र ।
जनताले प्रहरीलाई त्यो समयमा आदर सम्मान गर्थे । एउटा घटना भएमा एक जना सिपाहीले जनप्रतिनिधि बोलाएर सबै काम सम्पन्न गरिन्थ्यो । धरानबाट सरुवा भएर म धनुषा गंए । सर्लाही गंए । फेरी धनुषामा आएपछि बढुवा भंए । सिन्धुलीगढी पुगेपछि १७ वर्ष ९ महिना जागिर खाएर अवकास लिएर बसेको छु ।
२०४६ सालदेखी पथरी आएर बसेका भिमबहादुर बस्नेत एक असल वन अभियानकर्मी भएर काम गरिरहेका छन । २००६ सालमा दोलखाको जखे ९ (तामाकोशी गाँउपालिका ३) मा जन्म भएका भिमबहादुर बस्नेत यो वृद उमेरमा पनि पथरीशनिश्चरे २ को हरियाली सामुदायिक वन उपभोत्ता समुहको क्षेत्र प्रमुख रहेर भुमिका निभाउछन ।
हरियाली वनको संस्थापक मध्ये भिमबहादुर बस्नेत एक हुन । सामुदायिक वनको मासिक नियमित बैठक, आपत कालिन बैठक, वनको स्थलगत अनुगमन, वन विकास सम्बन्धी तालिम गोष्ठीहरु छुटाउदैनन । भन्छन अब सक्दिन अरुलाई जिम्मादिने सोचमा छु । तस्वीरहरु तिम्मा न्युज

तपाईको प्रतिक्रिया