
धरान । जातिय र धार्मिक सदभाव बिथोलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधज्ञाको कारण धरान ठप्प भएको छ ।
अहिले धरानमा ३ चक्के टेम्पु बाहेकका सवारीसाधनहरु आवात जावतमा पूर्ण रुपमा ठप्प भएको भएको हो ।
धरान पस्ने प्रत्येक नाकाहरुमा सुरक्षा तैनाथ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तरहरा, भेडेटार, चतरा लगायतका मुख्य नाका तथा साना सडकहरुलाई बिशेष निगरानी गरिएको प्रहरीको भनाई रहेको छ ।






