पथरी । नेपाल विद्यार्थी संघका पूर्वसभापति गुरुराज घिमिरेले सदस्यता विस्तार गर्दै संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन ।
शनिबार आज पथरी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा समाजबादी आन्दोलनको चेतना भर्दै संगठन निर्माण गर्न निर्देशन दिएको हो ।
एक दिवसीय वृहत प्रशिक्षण कार्यक्रमको प्रमुख बत्ताको रुपमा आएका नेता घिमिरेले ७ सय बढीको केन्द्रिय समितिले काम गर्न सके प्रत्येक जनतालाई समाजबादी चेतना जगाउन मद्धत हुने बताएका थिए ।
नेपाल बिद्यार्थी संघमा आबद्ध मोरङ भरी रहेका सम्पुर्ण इकाई समितीका सदस्य स्ववियु सदस्यहरुलाई प्रशिक्षण दिए ।

तपाईको प्रतिक्रिया