
शहिद धनन्जय गिरी (क. हरि) को श्रीमती रिता गिरी । तस्वीर तिम्मा न्युज
विजय खम्बु
पथरी । २०६१ पौष ३ गते सन्नटा छाएको दिन थियो । निरंकुस राजतन्त्रको बिरुद्धमा आन्दोलनरत रहेको नेकपा (माओबादी) मा आवद्ध रहेर राजनिति गरिरहेका ४२ वर्षका धनन्जय गिरी सहित ३ जना नेतृत्वको हत्या भएको दिन थियो ।
तत्कालिन शाही नेपाली सेनाको युनिफाइड कमाण्डको टोलीले साबिक पथरी ४ हाल पथरीशनिश्चरे ७ मा आत्मा सर्मपण गर्न हात उठाएको अवस्थामा अटोमेटिक हतियार प्रयोग गरि हत्या गरेको थियो ।
धनन्जय गिरी ( क. हरि) पथरी गाबिसको जनसरकार प्रमुख थिए । गिरीसंगै शनिश्चरे गाबिसको तत्कालिन जनसरकार प्रमुख मादुराम गौतम (मनोज) जगप्रसाद राई (नारद) र रत्न कार्कीलाई मारिएका थिए ।
निशस्त्र अवस्थामा रहेका ४ जना उनिहरुलाई सैनिक टोलीले त्यस दिन माओबादी कार्यकर्ता मात्रै मारेका थिएनन् । नेतृत्व गर्ने नेताहरुमारेका थिए । स्थानिय स्तरमा राजनितिक निकास दिन सक्ने नेतृत्वको हत्या गरेका थिए । समग्रमा एउटा राजनैतिक, बैचारिक, सैदान्तिक र कम्यूनिष्ट पार्टीको भट्टीमा खारिका इमान्दार राजनैतिक कार्यकर्ताहरुको हत्या भएको थियो ।
जनयुद्धका क्रममा शाहदत्त प्राप्त शहिदहरुको नाम लिपिबद्ध भएका छन । शहिदहरुको क्रमिक रुपमा लेख रचनाहरु प्रकाशित गर्दै जानेछौं । यस पटकको अंकमा धनन्जय गिरी (क. हरि) को परिवारको अवस्थाको विषयमा यो लेख तयार पारिएको छ ।

शहिद धनन्जय गिरी (क. हरि) गिरी । तस्वीर परिवार स्रोत
२०६१ पौष ३ गते शनिबार म पथरीशनिश्चरे ७ लामाटोल घरको लसुनबारीमा लसुन गोडी रहेकी थिए । त्यस दिन सेना आएको रहेछ, केही थाह थिएन । गोली चलेको आवाज पनि सुनिन । मेरो श्रीमान (क. हरि) सहित ४ जना बिहान १०:४५ मा शहिद भइसकेको कुरा अरु छरछिमेकीलाई थाहा भइसकेको रहेछ । करिब साढे ११ बजे तिर म घर अगाडी बसि रहेको थिंए । सेनाको गाडी तलबाट मास्तीर आउदै गरेको देखे । त्यसै गाडीमा शहिदहरुको लास पनि थिएछ । मेरो कान्छा छोरा सुरजले गाडी हाम्रो बुबा भन्दै करायो । म झसंग्गै भए । जुत्ता र पाइन्टको आधारले गर्दा सुरजले आफनो बाबुको लास चिनेछ । घरदेखी अलि माथि लगेर लास बोकेको गाडी रोक्यो । फेरी लग्यो ।
पत्रकार नरेन्द्र राई (मोफसल साप्ताहिक) नागरिक समाजका अध्यक्ष तिलक बान्तावा, इन्सेकका प्रतिनिधी र मानव अधिकारबादीहरु सहित हामी त्यसदिन झापाको पाडाजुंगी गयौं । हामीले हाम्रो मान्छेको लास पाउनु पर्छ भन्यौं । त्यसदिन हामीलाई दिएन । हामी घर आयौं । रातीको समयमा उर्लाबारी मंगलबारे अस्पतालमा ल्याएर ३ जनाको लास फ्याकिदिएछन । देख्ने भनेको सुन्दा लासलाई बोरामा पोका पारेर गाडीदेखी फ्याकेपछि पनि बन्दुकका कुञ्जाले लासलाई प्रहार गरेको थिए रे ।
भोली पल्ट हामीले अस्पतालबाट हाम्रो मान्छेको लास बुझयौं । परम्परा रितीरिवाज अनुसार संस्कार गर्र्यौं । काम सक्यौं ।
श्रीमान शहिद भइ सकेपछिको अवस्था
धनन्जय गिरीसंग हामी २०४१ सालमा मागि बिवाह भएको हो । श्रीमान शहिद हुनु भएपछि २ छोरा सुमन र सुरज १ छोरी सुष्मा सहित म लामाटोल घरमा नै बसे । अहिले पनि यसै घरमा बसिरहेका छौं । बाबुआमाको मायाँ छोराछोरीलाई दिने कोसिस गरें । आर्थिक हिसावले हाम्रो परिवार सामन्य नै हो । जेठो छोरा सुमनको काँधमा कमाएर परिवार पाल्ने जिम्मेवारी थपियो । उसले पढाईलाई निरन्तरता दिन सकेन ।
कान्छा छोराले १२ कक्षासम्मा पढ्यो । कान्छी छोरीले नर्सिङ पढेर अहिले इनारुवा जिल्ला अस्पताल प्रमुख भएर काम गरिरहेकी छिन ।

स्व: धनन्जय गिरी (क. हरि) का श्रीमती रिता गिरी सहित स.परिवारको तस्वीर । तस्वीर परिवार स्रोत
म शहिद परिवार भएको हुनाले नै मलाई सामाजिक रुपमा सबैले सम्मान नै गरिरहेका छन । सबैको सम्मान पाइरहेको छ । हरियाली सामुदायिक वन उपभोत्ता समुह पथरीशनिश्चरे २ मोरङको एक कार्यकाल अध्यक्ष पदको जिम्मेवारी निर्वाह गरेको छु । दुर्गा माबि पथरीशनिश्चरे ७ बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष लगायत बिभिन्न संघ सस्थाको नेतृत्व गर्ने अवसर पाएको छ ।
पार्टी राजनिति र नेतृत्व
मेरो पार्टी सम्र्पक २०५५ सालबाट भयो । त्यसबेला वहाँ (क. हरि) बैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । २०५६ सालमा वहाँ पथरी आउनु भएपछि पार्टी सम्र्पकमा जानु भयो । २०५९ देखी पार्टीको पूर्णकालिन भएर लाग्नु भयो । छोराछोरी सानै भएको हुनाले मैले पूर्णकालिन हुन पाइन । म शहिदको श्रीमती हुँ । माओबादी आन्दोलनमा मेरो श्रीमान शहिद हुनभयो । नेतृत्व तहमा कहिल्यै पनि अवसर दिइएको छैन । चुनाव आएको बेला शहिद परिवार भन्दै आउछन । अरुबेला सल्लाहाकार भनिदिन्छन त्यती हो ।
अहिले एब्रोकेसी फोरम र स्टोरी किचन संस्थामा आवद्ध रहेर काम गर्छु । यो संस्थाले काम गरे वापत केही पारिश्रमिक दिन्छ । त्यसले गुजरा चलाउछु ।
संघिय सरकारले द्धन्दपिडितहरुलाई केही आर्थिक प्याकेजमा सहयोग गरेको थियो । ३ पटक गरेर १० लाख रुपैयाँ दिएको थियो । १ न. प्रदेश सरकारले १ लाख रुपैयाँ र जिल्ला विकास समितिले २५ हजार रकम दिएर आर्थिक रुपमा जिवन चलाउन केही सहज भयो ।






