
पथरी । सामुदायिक वन गणेशमान राष्ट्रिय पुरस्कार प्राप्त हरियाली सामुदायिक वन उपभोत्ता समुहको नयां नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ ।
पथरीशनिश्चरे २ मोरङमा स्थापित यस समुहको यहि भदौ २३ गतेका दिन १८ औं चुनावि साधरण सभा घोषणा भए पनि दोहोरो उम्मेद्धवारी कसैले नदिएको हुँदा १५ सदस्य समिति सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।
शुक्रबार मनोनयन दर्ता गर्ने मिति निर्वाचन मण्डलले सार्वजानिक गरे संगै अध्यक्ष पदमा काबुबहादुर मगर उपाध्यक्ष पदमा दिलबहादुर तामाङ, सचिव पदमा निर्माला चौहान, सहसचिव पदमा नारायण अधिकारी, कोषाध्यक्ष पद्मा जानुका खड्का चौहानको उम्मेद्धवारी दर्ता गराएका थिए ।
निर्वाचन मण्डलले उपलब्ध गराएको समय सिमामा उम्मेद्धवारीका लागी मनोनयन दर्ता गर्ने अन्य कसैले नगरे पछि सर्बसम्मत रुपमा नयां नेतृत्व चयन भएको जनाइएको छ ।
समितिको सदस्यहरुमा इन्दिरा मगर, रमा तामाङ, दुर्गा कुमारी चौहान, भत्तकुमार गेलाल, हरिबहादुर लामा तितुङ, कुमार गुरुङ, आतेजुङ राई, पूर्णकुमारी तामाङ, लिलामाया अधिकारी र शान्ति बराइलीको उम्मेद्धवारी परेको थियो ।
सदस्य पद्मा कसैको दाबि बिरोध तथा अन्य उम्मेद्धवारले मनोनयन दर्ता नगरेको हुँदा सर्बसम्मत रुपमा सदस्यहरु पनि निर्वाचित भएको निर्वाचन मण्डलले सार्वजानिक गरेको छ ।
लेखा समितिको संयोजकमा रमेश दाहाल सदस्यद्धयमा चन्द्रबहादुर थापा र उर्मिलादेवी ढुङगेल पनि सर्बसम्मत निर्वाचित भएका छन ।
१ हजार २८ घर उपभोत्ता सदस्य रहेको यस समुहको नव निर्वाचित पदधिकारी सदस्य र लेखा समितिलाई २३ गते साधरणसभाको दिननै पद तथा गोपनियताको सपथ ग्रहण गराइने जनाएको छ । स्मरण रहोस अध्यक्ष काबुलबहादुर मगरको अध्यक्ष पदमा चौथो कार्यकाल हो ।






