आफ्नो आरनमा काजी बिक ।
विजय खम्बु
पथरी । भोजपुरे खुकुरी निर्माण गरेर पुरख्यौली पेशालाई निरन्तरता दिएका काजी बिकलाई सफल उद्यमी भन्दा फरक नपर्ला ।
भोजपुरको सित्तेल गोगनेबाट २०३५ सालमा बाबुआमाले बसाई सारेर पथरी झारेपछि यस ठाँउलाई कर्मथलो बनाउदै अहिले उद्यमी बन्न सफल भएका हुन ।
पथरीशनिश्चरे ३ बिरेन्द्र बजार आइतबारे मोरङमा बस्ने वर्ष ४६ का काजीले आफ्नो बुबाबाट खुकुरी, कत्ती, दाउ बनाउने कला सिके । पहिला बालिघरे प्रथामा नै काम गर्थेरे । तर अहिले बालिमा काम गर्दैनन् र गराउदैनन् पनि ।

खुकुरी बनाउन काजी फलाम कुटदै ।
राजु बैदेशिक राजगारीको लागी दुवई गएर कमाई राम्रै गरे । आइतबारेको प्यागोडा बोडिङ छेउमा १ कठठा जग्गा किनेर घर बनाएका छन ।
एजेन्टले राम्रो देशमा अलि बढी पैसा कमाई हुने प्रलोभन दिएर कुवेद लागी २ लाख फसाए । क्रोएसिया लाने भनेर ५ लाख फसाए । मधुमल्ला तिरका दिपक नाम गरेको एजेन्टले डुबाएको उनको भनाई छ ।
बिगत ६ वर्षदेखी बैदेशिक रोजगारीको भाउन्नलाई थाती राखेर आरनमा बसेका काजी महिनामा ३० वटा खुकुरी बनाउँछन । आफुले बनाएका खुकुरीलाई उर्लाबारी, दमक, बिर्तामोड, चन्द्रगढी लगायतका बजारमा लगेर आफै बेच्छन ।
एउटा खुकुरी २ हजार देखी ६ हजार रुपैयाँसम्मका बेच्छन । काजीले बनाएका खुकुरी र त्यसको दापमा मोचीले छालाले बेरिदिएर पछि झनै सुन्दर बनाइदिन्छन ।

काजीले बनाएका खुकुरीहरु ।
गाँउघरको मान्छेहरुले खुकुरी खरिद गरिदिंदा आफुलाई प्रत्सोहन मिल्ने गरेको बताउँछन । यसरी महिनामा सरदर ८० हजार कमाउँछन ।
फलाम कुटने साथीलाई मुख्य खर्च आउने उनले सुनाए । त्यस पश्चात फलाम र कोइला खरिद गर्दा खर्च आउने सुनाए । सबै खर्च कटाएर महिनामा १५ देखी २० हजार रुपैयाँ बचत हुने गरेको बताउँछन ।
पुरख्यौली पेशालाई निरन्तरता दिएर नै काजीले ३ जना छोरीहरुलाई बोडिङ पढाएका छन । ठुली छोरीलाई कक्षा १२ सम्मा बोडिङ नै पढाए । ज्वाँईको घर गएपछि पनि ब्यचलर तेस्रो वर्षसम्मा पढेका छन । माइली छोरी कक्षा १२ मा पथरी बजारको एभरेष्ट माबिमा पढीरहेका छन । कान्छी छोरी स्थानिय प्यागोडा बोडिङको कक्षा १० मा नै पढी रहेका छन । आरनको कमाइले घर खर्च टर्छ । अरु आयास्रोत छैन, काजी भन्छन ।
खुकुरी बनाउने काम आफैमा कठोर परिश्रम अवश्य हो । तर यो काममा पैसा पनि छ । आफ्नो कलाले बनेको खुकुरी बिक्री भएर काजी दंग हुदै भन्छन, मलाई सबै जना मानिसहरुले मैले बनाएका घरेलु हतियार चलाएको हेर्ने रहर छ ।
भन्छन ९८१०९७४३२२ मा सम्र्पक गरेर अर्डर गर्न सकिने छ । तस्वीर तिम्मा न्यूज






