विजय खम्बु 

पथरी । कोशीबक्रा सिंचाई आयोजना काम धमाधम निर्माण भई रहेको छ । गत माघ ९ गतेबाट डिटेल सर्भे सुरु गरेर फागुनदेखी स्थलगत काम धमाधम भइरहेको हो ।
बाँध निर्माण भएसंगै पथरीशनिश्चरे नगरपालिका वडा न. ३ र ५ को पूर्वपट्टिको सुन्दरीचौक क्षेत्र बाढी पहिरोबाट सुरक्षित हुनेछ ।
१ हजार ३ सय ५० मिटर लम्बाई निर्माण गर्नुपर्ने यस बाँध २०२४ डिसेम्बर ६ तारिखको दिन निर्माण सम्पन्न गरेर हस्तानतरण गर्नु पर्ने सम्झौतामा रहेको छ ।


एसियन डेपलेभमेन्ट बैंकको ४६ करोड चार सिफ्ट लगानीमा कुमार रौता जेभी उदयपुर गाइघाटले काम गरिरहेको छ ।
दैनिक १ सय देखी २ सय जनासम्मा मजदुर लगाएर काम गरिरहेको निर्माण कम्पनीका सुपरभाइजर राजेन्द्र दाहाल खत्रीले जानकारी दिए । सुपरभाइजर दाहाल खत्रीका अनुसार यो निर्माणको काममा प्राकृतिक रुपमा कुनै घटना नघटे सम्झौता भएको मितिले ६ महिना अगाडी नै काम सम्पन्न गर्ने लक्ष लिएर काम गरिरहेको बताउाछन ।
सुपरभाइजर दाहालका अनुसार अहिले ५० प्रतिशत काम सम्पन्न भइसकेको र अन्यकामहरु धमाधम भइरहेको बताए ।

तपाईको प्रतिक्रिया