
विजय खम्बु
पथरी । संघिय सांसद डा. सुनिल शर्माले आफुलाई आफनो पार्टी नेपाली कांग्रेसको संसदिय दलमा राखेर पार्टीको नेता सरकारको बिरुद्धमा नबोल्न भनेको कुरा सार्वजानिक गरेका छन ।
शनिबार पथरीशनिश्चरे १० स्थीत डाँस मोरङगी सामुदायिक वन उपभोत्ता समुहको २२ औं साधरण सभामा प्रमुख अतिथि बनेर आएका शर्माले उत्त कुरा बताएका हुन ।
केही मुठठी भर नेताहरुको हातमा नेपाली मुलुकको अर्थतन्त्र रहेको बताउदैं ५३ प्रतिशत विकास बजेट ४ जना नेताको क्षेत्रमा लगाइएको बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्थमन्त्री प्रकाशसरण महत, कांग्रेस उपसभापति पूर्णबहादुर खडका प्रधानमन्त्री प्रचण्डको क्षेत्रमा मात्र लगिएको बताएका थिए ।
डा. शर्माले भने, आफु निगुरो टिपेर बेचेको, रिक्सा चलाएर जिवन चलाएको मान्छे भएको हुनाले गरिबि कस्तो हुन्छ आफुलाई थाहा भएको बताउदै यो आर्थिक सिण्डीकेट तोडन पर्ने बताए ।
सरकारी पैसाबाट १ रुपैयाँ तलव भत्ता नखाई, एक थोपा पेट्रोल नहली जनताको काम गर्ने बताए । यसरी नबोल भन्छ, कार्यक्रमको निम्तो आइहाल्छ, त्याहा बोलिहालिन्छ र फसिहालिन्छ ।
मुलुकमा जातिय, धार्मिक तथा अन्य विभिन्न प्रकारका द्वन्द्व, हिंसा र आन्दोलनका घटनाहरू बढ्नुमा प्रमुख जिम्मेवार राजनीतिक दलहरू भएको दावी गरे ।
आगामी आर्थिक वर्ष २०८०/०८१को लागि पथरीशनिश्चरे १० जिरीखिम्तीमा डाँस मोरङी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष मदन पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । तस्वीर प्रेमकेडी भट्टराई






