पथरी । पथरीशनिश्चरे क्रिकेट प्रिमियर लिगको चौथो संस्करण कात्तिक १० गतेदेखी २३ गतेसम्मा पथरीशनिश्चरे १ मोरङको प्रस्तावित रंगसालामा संचालन हुने भएको छ ।
पथरीशनिश्चरे नगरलाई चिनाउने, क्रिकेट खेलको विकास र ब्यवसायिक खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना संचालन हुन लागेको हो ।
प्रतियोगिताको लागी अहिले २३२ जना खेलाडीले आवेदन दिइ सकेका छन । चौथो संस्करण खेल्न अण्डर नाइन्टीनबाट विस्वकप खेल्न लागेको दिपेश कंडेलले पनि आवेदन भरेको छन ।
आयोजक समितिका अध्यक्ष बिरोज मगरले तिम्मा न्यूजसंगको भेटमा जानकारी दिए अनुसार असोज ६ गतेको दिन ७ टिमको लागी खेलाडी अक्सनको कार्यक्रम सिनभिलेज पार्टी प्यालेसमा रहेको छ ।
चौथो संस्करणमा एउटा टिमले बढीमा नगद ५० हजार रुपैयाँ खर्च गरेर खेलाडीहरु खरिद गर्नुपर्ने बताए ।
यस प्रतियोगितामा एउटा टिमले नगर बाहिरको बढीमा ४ जना खेलाडी अनुबन्ध गर्न पाउने छ भने अन्य खेलाडी नगर भित्रकै हुनुपर्नेछ ।


प्रतियोगिताको जम्मा अनुमानित करिब १० लाख रुपैयाँ खर्च हुने समितिको कोषाध्यक्ष पुकार राईले जानकारी दिए ।
राईका अनुसार यस प्रतियोगिताको पहिलो नगद पुरस्कार राशी नगद १ लाख ३१ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र रहनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजक पथरीशनिश्चरे नगरपालिका रहने आयोजक समितिको कोषाध्यक्ष राईले जानकारी दिए ।
२०७७ सालको भदौदेखी पहिलो लिग सुरु गरेर निरन्तर संचालनमा हुदै आएको छ । पहिलो सिजनको प्रथम पुरस्कार रोयल किंग पथरीशनिश्चरे १ ले उठाएको थियो ।
दोस्रो र तेस्रो सिजनको लिग बिजेता “सात बाघ” पथरीशनिश्चरे ७ ले उठाएको थियो ।
पहिलो सिजनको नगद पुरस्कार राशी नगद ४० हजार रुपैयाँ रहेको थियो । दोस्रो संस्करणमा नगद पुरस्कार ८० हजार रुपैयाँ तेस्रो संस्करणमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार थियो । यसपटकको खेलमा
१, २ पटकको डिफेन्डीङ च्याम्पीयन सात बाघ । पथरीशनिश्चरे ७
२, प्रथम संस्करणको विजेता रोयल किङग्स पथरीशनिश्चरे १
३, बुद्ध युनाइटेड पथरीशनिश्चरे २
४, बिरेन्द्रनगर स्टील टाइगर (दिएसटि) पथरीशनिश्चरे ३
५ आइतबारे अश्त्र पथरीशनिश्चरे ३
६, क्लासिक ११ पथरीशनिश्चरे ५ हसन्दह
७, नवप्रबेशी टिम गोर्खा लिजेन्ट पथरीशनिश्चरे २ ले सहभागिता जनाउने निश्चित छ ।
कार्यक्रमको खर्चको लागी सह प्रायोजक लगायत अन्य आर्थिक सहयोग गर्न सहयोगीहरुलाई अपिल गरिएको अध्यक्ष मगरले बताए । युवाहरुलाई दुरब्यसनी मुत्त बनाउन खेलकुद नै मुख्य माध्यम रहकोले सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया