
पथरी । संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले) पार्टीको केन्द्रिय उपाध्यक्ष स्वा. सुवासचन्द्र नेम्वाङको निधन भएकोले राष्ट्रिय शोक प्रस्ताव पारित गर्दै सार्वजानिक विदाको घोषणा भएको छ ।
वर्तमान प्रतिनिधी सभाको सदस्य समेत रहेका नेम्वाङको निधनप्रती दु:ख ब्यात्त गर्दै साउन २८ गते सार्वजानिक विदा राष्ट्रिय शोक विदा गर्ने घोषणा गरेको हो । नेपाल सरकार तथा मन्त्री परिषद कार्यालयको बैठकले निर्णय गर्दै नेम्वाङको पार्थिव शरिरलाई राष्ट्रिय सम्मान सहित अन्त्यष्टी गरिने भएको दिन सार्वजानिक विदाको घोषणा गरेको जनाएको छ ।
गृहमन्त्रालयका सहसचिव तथा प्रवत्ता केदारनाथ शर्माले एक बिज्ञप्ती जारी गर्दै नेपाल भरका सरकारी कार्यालयहरु विदेश स्थित नेपाली दुतबास तथा नियोगहरुमा नेपाली राष्ट्रिय झण्डा आधा झुकाउने समेत जानकारी गराएको छ ।
नेता नेम्वाङले नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महत्वपूर्ण योगदान रहेको जनाउदै उत्त योगदानको उच्च कद्धर गर्ने जनाइएको छ ।






