
पथरी । किरात याक्थुम चुम्लुङको संघिय कार्य समितिले संविधान सभाको अध्यक्ष स्वार्गिय सुवासचन्द्र नेम्वाङ प्रति श्रदाञ्जली अर्पण गर्दै शोक बिज्ञप्ती जारी गरेको छ ।
किरात याक्थुम चुम्लुङको अध्यक्ष प्रेम येक्त्तेनले हस्ताक्षर गर्दै शोक बिज्ञप्ती जारी गरेको हो ं।
बिज्ञप्तीमा जनाइए अनुसार स्वा. नेम्वाङ कियाचुको संस्थापनकालमा महत्वपूर्ण भूमिका खेल्ने अभियान्ता तथा कानुनी मस्यौदाकार भएको जनाइएको छ ।
बिज्ञप्तीमा संविधान सभाको अध्यक्ष, नेकपा (एमाले) पार्टीको संसदीय दलको उपनेता, कानुन ब्यवसायी सफल राजनितिक ब्यात्तीको निधन भएकोले शोक बिज्ञप्ती जारी गर्दै श्रदाञ्जली अर्पण गरेको छ ।
शोकाकुल परिवार प्रति समावेदना ब्यात्त गर्दै संविधान निर्माण, धर्म निरपेक्षता स्थापना एवम समावेसी राष्ट्र निर्माणमा योगदान पुर्याएको चर्चा गरिएको छ ।







