
बेलबारी । छैठौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप असोज २६ गतेबाट हुने भएको छ ।
बेलबारी ११ लक्ष्मीमार्गमा मोफसलकै सर्बाधिक पुरस्कार राशि भएको छैठौँ संस्करण हुने भएको हो
असोज २६ गतेदेखि कार्तिक ३ गतेसम्म सो प्रतियोगिता आयोजना हुन लागेको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष तथा बेलबारी ११ का वडाध्यक्ष बिक्रम बान्तवा राईले जानकारी दिएका छन । प्रतियोगितामा नेपाल सहित भारतका समेत फुटबल टिमहरु सहभागी हुनेछन । हरेक बर्ष बेलबारी ११ स्थित लक्ष्मी मावि खेलमैदानमा आयोजना हुँदै आएको प्रतियोगितामा बिजेताले ८ लाख नगदसहित ट्रफी र प्रमाणपत्र उपबिजेताले ५ लाख नगद,ट्रफि सहित प्रमाणपत्र पाउनेछन । ्
प्रतियोगिताका लागि मुख्य प्रायोजक आरजु राईस मिल बेलबारी,मुख्य सहयोगी बेलबारी नगरपालिका लगायत रहेका छन । प्रतियोगितामा ५० लाख बढी खर्च हुने अध्यक्ष राईले बताए ।






