
शिवसताक्षी । दशै र तिहारको अवसर पारेर बोका जुनियर फुटबल प्रतियोगिता हुनेभएको छ ।
शिवसताक्षी–८ सम्झाना चौक झापाको खेल मैदानमा असोज ११ देखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेभएको हो ।
झापा, मोरङ र इलाम सहित आयोजक बोका जुनियर फुटबल क्लबको निलो र रातो गरी १६ टिमले सहभागी हुनेछन ।
युङ्गी क्याफे एण्ड बारमा आयोजित पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम आयोजक समितिको तर्फबाट संयोजक सुबास मेन्याङबोले जानकारी दिए अनुसार प्रथम पुरस्कार नगद २५ हजार सहित ट्रफी, मेडल, प्रमाण–पत्र पाउने र उपबिजेता टिमले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन ।
अनुमानित ३ लाख खर्च हुने प्रतियोगिताका लागि मु्ख्य प्रायोजक शिवसताक्षी नगरपालिकाको कार्यालय वडा नम्बर ८ झिलझिले, वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा बसोबास गर्नेहरुको साझा संस्था किरात याक्थुम चुम्लुङ इजरायल शाखाले मुख्य प्रायोजकको रुपमा सहयोग गर्ने भएको पत्रकार सम्मेलनमा जानकारी गरायो । समाचार स्रोत र तस्वीर सन्तोष राई






