
पथरी । ब्यवसायिक राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले पथरीशनिश्चरे प्रिमियर लिगको चौथो संस्करणको आयोजना गरिएको बताइएको छ ।
कात्तिक १० गतेदेखी २४ गतेसम्मा संचालन हुने पथरी प्रिमियर लिगको चौथो संस्करणको प्रचार प्रसारको लागी शनिबार मनोहर होटल एण्ड पार्कमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताइएको हो ।
लागूऔषधबाट टाढा रहन खेलकुद नै मुख्य आधार भएकोले सबैलाई समेटदै नगरको पहिचान क्रिकेटको माध्यमबाट पनि बढाउन चौथो संस्करणको आयोजना गरिएको आयोजक कमिटीको सचिव राकेश राईले बताए ।
ब्यातीगत स्वार्थ भन्दा माथि रहेर यो प्रतियोगिताको आयोजना गरिएको आयोजक कमिटिको अध्यक्ष बिरोज मगरले बताए । यो खेल सम्पन्न गर्न आफैमा चुनौती रहेपनि सबैको साथ र सहयोगबाट भब्य र सभ्य रुपमा प्रतियोगिताको कार्यक्रम सम्पन्न गर्ने लक्ष रहेको अध्यक्ष मगरले बताए ।
चौथो सिजनका लागी २३१ जना खेलाडीले आवेदन फारम भरेका छन । तेस्रो सिजनमा १३६ जना खेलाडीले फारम भरेका थिए । यस्तै चौथो सिजनका लागी सबैभन्दा सानो उमेरका ९ वर्षका खेलाडी सौरभ बस्नेत र सबैभन्दा बढी उमेरका राज बस्नेत ४५ वर्षका खेलाडीले आवेदन दिएको सचिव राईले बताए ।
७ टिम सहभागी हुने यस प्रतियोगितामा असोज ६ गते सिनभिलेज पार्टी प्यालेसमा खेलमा सहभागी हुने क्लवहरुले खेलाडी अनुबन्धीत गर्ने कार्यक्रम छ । प्रस्तावित पथरी रंगसालमा जाँतेमोडमा १४ दिनसम्मा संचालन हुने प्रतियोगिताको मुख्य प्रयोजक प्रायोजक पथरीशनिश्चरे नगरपालिका कार्यालय हो ।
अनुमानित १० लाख रुपैयाँ खर्च हुने यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ३१ हजार नगद, ट्रफि र मेडल र प्रमाणपत्र रहने छ ।






