पथरी । पथरीशनिश्चरे नगरपालिका २ हरियाली सामुदायिक वन कार्यालय छेउमा दुरघटना हुँदा मानबहादुर गुरुङ घाइते भएका छन ।
आज बिहान पथरीशनिश्चरे ७ लामाटोल बस्ने वर्ष ५३ का गुरुङ जंगलदेखी साइकलमा घाँस बोकेर आउँदा स्कुटरले ठक्कर दिंदा घाइते भएका हुन ।
गुरुङलाई डब्लु वि ७४ बि बि पि ५०१९ नम्बरको स्कुटीले ठक्कर दिएको थियो ।
स्कुटर चालक झापा बस्ने वर्ष ४६ की दानमाया राई र पनि घाइते रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
घाइते गुरुङलाई विराटनगर न्यूरो अस्पतालमा उपचारका पठाएको र घाइतेको अवस्था सामन्य रहेको प्रहरीको भनाई रहेको छ । चालकको खुट्टामा चोट लागेकोले उनलाई पनि उपचारको लागी पठाएको स्कुटर र कागजात प्रहरी नियन्त्रणमा रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया