
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँ पालिका ५ नाम्चे बजारको एक होटलमा अचेत अवस्थामा भेटिएका एक ब्यात्तीलाई उद्धार गरि उपचारको लागी काठमाण्डौं पठाएको छ ।
माछापुच्छ्रे गाउँ पालिका २ स्थायी घर भएका लालकाजी गुरुङ विश्वराज तामाङले संचालन गरेको हिलटेन होटलमा अचेत अवस्थामा भेटेर उद्धार गरि काठमाण्डौं पठाएको हो ।
इलाका प्रहरी कार्यालय नाम्चेमा होटल संचालकले जानकारी गराएपछि प्रहरी निरिक्षक कविन राईको टोलीले उद्धार गरी हेलिकप्टरबाट काठमाण्डौँ पठाएको जिल्ला प्रहरी कार्यालय सुखुम्बुले जनाएको छ ।






