संविधान सभाका सदस्य चण्डीप्रसाद राई । तस्वीर तिम्मा न्यूज
विजय खम्बु
पथरी । आज असोज ३ गते ९ औं संविधानसभा दिवस हो । २०७२ असोज ३ गते संविधानसभाबाट संविधान घोषणा भएको थियो । विक्रम संवत २०१७ सालमा खोटाङ जिल्लाको साकेला गाउँपालिका २ मा जन्मीएका चण्डीप्रसाद राईले संविधान सभा सदस्य भएर संविधान निर्माण प्रक्रियामा योगदान पुर्याएका थिए ।
मोरङ क्षेत्र न. २ बाट निर्वाचित भएका संविधानसभा सदस्य चण्डीप्रसाद राईसंग गरिएको कुराकानीमा आधारित रहेर यो कथा तयार पारिएको हो ।
विषय प्रबेश
संविधान घोषणा हुनु भन्दा अघिल्लोदिनसम्मा सबै पार्टीको नेतृत्वहरुलाई संविधान आफनो अनुकुलतामा बनाउन दवाब दिएका कुरा माथिल्लो तहमा निक्कै चर्चा चल्यो ।
नेपालमा जातीबादी र अतिबादीहरुले आफ्नो अनुकुलतामा संविधान बनाउन भिन्नाभिन्नै पाराले दवाव दिन्थे । त्यसबेला नेतृत्वतहमा रहनु भएका माधवकुमार नेपाल, केपी शर्मा ओली, शुसिल कोइराला, शेरबहादुर देउवा, प्रचण्ड र बाबुराम भट्टराईहरुलाई चारैतिरबाट दवाब आउदैछ भनेर हामीकहाँ सुचना पठाइने गरिन्थ्यो ।
हिन्दुराष्ट्र घोषणा गराउन नरेन्द्र मोदीका तर्फबाट दवाब टोली अडडा जमाएर बसेकै थिए । धेरै दवाव आएपछि एक पटकको बैठकमा केपी शर्मा ओलीले त धर्म निरपेक्षको स्थानमा धर्म स्वातन्त्रता भनेर घोषणा गरौं भन्ने प्रस्ताव नै गर्नु भएको थियो ।
संविधान घोषणा भएपछि २०७२ असोज ३ गते मुल कानुनको पुस्तीकामा हस्ताक्षर गर्दै । तस्वीर स्रोत परिवार
कसैको दवाब अनुसार भन्दा पनि नेपाली माटो अनुसारको संविधान बनाउन सफल भयौं । नेपाली नेता र नेतृत्वले कोही कसैको दवाव नमानी संविधान जारी गर्न तर्फ ध्यान केन्द्रित गरेर लाग्यौँ । त्यसैले संविधान घोषणा गर्न सफल भयौं । नेपालको संविधान २०७२ लाई नेपाली जनताले सौभाग्य मान्नु पर्छ । किन भने यो संविधान विश्वको कुनै पनि संविधान भन्दा उत्कृष्ट छ ।
यो संविधानमा नेपाल धर्म निरपेक्ष राष्ट्र बनाइएको छ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार विजुली, खानेपानी, सडक, बाटो र संचार क्षेत्रमा नागरिकको मौलिक हकको ब्यवस्था गरिएको छ । संघियता, समावेशी, जनमुखी, जनजिविका र लोकतन्त्र यो संविधानको विशेसता हो ।
संघियता र प्रदेश सरकार
२०७२ को संविधानले संघियता र सिहंदरवार अवधारण ल्यायो । संविधान अनुसार नै प्रदेश सरकार बन्यो र स्थानिय सरकार निर्वाचनको माध्यमबाट बनियो । तर प्रदेशसभामा सांसदको जोड घटाउ अंक गणितको हिसावले गर्दा नागरिकमा निरासा छाएको अनुभव हुन थालेको छ ।
संविधानसभाको सदस्य निर्वाचित भएर गए पछि संविधानसभाको रोष्टमबाट सम्बोधन गर्दै, संविधान सभा सदस्य चण्डीप्रसाद राई । तस्वीर स्रोत परिवार
नागरिकले प्रत्यक्ष देख्ने गरिको काम प्रदेश सरकारबाट नभएमा ब्यायभार मात्र देखिन्छ । ब्यायभार मात्र देखिनु असन्तुष्टीको झिल्का हो । त्यो असन्तुष्टी चुलिदै गयो भने आर्थिक रुपमा देशले धान्नै सक्दैन भनेर निष्र्कस निस्कीन्छ । नागरिकले त्यसरी निष्र्कष निकालेमा प्रदेश बिघटन हुन्छ । प्रदेशको विषयमा सबै पार्टीहरु सचेत भएर लाग्नै पर्छ । नत्र प्रदेश खारेज हुन सक्छ ।
स्थानिय तह र सिहंदरबार
२०७२ को संविधानको मुल मर्मनै गाउँ नै मुख्य केन्द्र हो । सबै नागरिकको पहुँच गाउँमा नै पुग्छ । सिहंदरबारमा गरिने कामहरु गाउँ सरकारबाट नै गर्नु पर्छ भन्ने संविधानको मुल मर्म हो ।
स्थानिय सरकारको काम, कर्तब्य र अधिकार बल्लियो छ । कसले कति प्रयोग गर्छ, उसैमा निर्भर हुन्छ । विकास निर्माण र उपप्रमुखको नेतृत्वमा न्यायलय स्थापना जस्ता अधिकार दिइएको छ ।
पहिले र अहिले
नेपालमा ७ सय ५३ वटा स्थानियतह रहेका निर्माण भयो । मुख्य कुरा सुचना र संचारमा नागरिकको पहुँच नै थिएन । ९० प्रतिशत नागरिकहरु सुचना संचारको पहुँचमा छन । पहिला एउटा महेन्द्र राजमार्ग थियो । अहिले मध्ये पहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, हुलाकी लोकमार्ग बनिरहेको छ । केही समय लाग्ला रेलमार्ग बन्छ । हवाइमार्गमा पनि विकास भइरहेको छ । उत्तर दक्षिण करिडोरहरु निर्माण भइरहेको छ ।
पहिला कृषि विकास बैंक राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक मात्र थियो । अहिले २ सय भन्दा बढी बैंकहरु छन । सहकारी त्यस्तै छ । ५ सय भन्दा रेडियो स्टेसन छन । ६० प्रतिशत भन्दा बढी नागरिकमा पिउने पानीको पहुँच विस्तार भएको छ । ९८ प्रतिशत जनता विजुलीको प्रत्यक्ष पहुँचमा छ । निजी सवारी नागरिकको पहुँचमा छ ।
रोजगारी युवा जनशत्ती
नेपाल सरकारले देशमा युवा जनशत्तीलाई रोजगारीको ग्यारेन्टी गर्नु पर्ने हो । तर म चाही बैदेशिक रोजगार पनि ठिकै छ भन्छु । संसार ग्लोबोलाइजसन भइसक्यो । दुनियाँको जुनसुकै ठाँउमा भएपनि रोजगारी पाउन राम्रो नै मान्नु पर्छ । देङसाओ पिङले भने जस्तै बिरालो कालो होस कि सेता, मुसा मार्नु पर्यो । वैदेशिक रोजगारमा रहेका मानिसको रेखदेखमा सरकार गम्भीर भएर लाग्नु पर्छ । बैदेशिक रोजगारीमा रहेका ब्यात्तीहरुलाई कम्पनीले दु:ख दिनसक्छ । बिरामी हुन सक्छ । यस्तो विषयमा गम्भीर भएर लाग्ने काम सरकारको हो ।
जनयुद्ध र त्यसको असर
द्धन्दकालमा माओबादीबाट असाध्य दु:ख पाएका मानिस मध्ये म पनि एउटा ब्यात्ती हुँ । सहयोगको नाममा मलाई पैसा माग्थे, कहिले कता लान्थे । कहिले कता लान्थे । मानसिक रुपमा तनाव दिन्थे पारिवारक रुपमा तनाव दिन्थ्यो ।
मेरो शिक्षा
खोटाङ जिल्लाको साकेला गाउँपालिका २ मा रहेको साकेला माबिबाट मेरो शिक्षा सुरुवात भएको हो । कक्षा १ देखी कक्षा ७ सम्मा मैले त्यही स्कुलमा पढेको हुँ ।
कक्षा ८ देखी १० सम्मा दित्तेलकोे शरश्वती माबिमा पढें । मेरो एसएलसी त्यही स्कुलबाट २०३४ सालमा गरेको हँु ।
२०३६ देखी धरान क्याम्पस हात्तीसारमा पढे र २०३९ सालमा आइएसई पास गरे ।
२०३९ सालदेखी १ वर्ष पथरीशनिश्चरे ९ मा रहेको सिहंवाहिनी माबिमा शिक्षण पेशा गरेको थिए । २०४० सालदेखी २०७० सम्मा निरन्तर पथरीशनिश्चरे १ को पञ्चायत उच्च माबिमा शिक्षण गरे । २०५५ सालदेखी २०७० सालसम्मा यसै माबिको प्राचार्य रहेर भुमिका निर्वाह गरेको छु ।
अनेरास्ववियूको सदस्यदेखी सभाषदसम्मा
धरानमा क्याम्पस पढन आएदेखी नै मेरो राजनिति यात्रा सुरु भएको थियो । म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको धरान क्याम्पस हात्तीसार प्रारम्भीक कमिटिको सदस्यबाट सुरु गरेको हुँ । भूमिगत रुपमा भेलाहरु गरिन्थ्यो । धरान पढदाको नेताहरु राजेश बान्तावा, सर्वध्वज साँवा, गिरीराजमणि आचार्य र रकम चेम्जोङहरु हुनुहहुन्थ्यो ।
म पथरी सरेर आउने भएपछि मलाई धरानबाट पार्टीले सम्र्पक ब्यात्तीको रुपमा देवी बराल, भुवनसिह राई, चन्द्र दाहाल र पूर्ण चापागाँईको सम्र्पकमा पठाएको थियो ।
म पथरी आएपछि पार्टीले मलाई (पिएसजी) पार्टी एक्टीभ गु्रपमा रहेर पार्टीको गतिबिधीहरु पथरी, शनिश्चरे, हसन्दह, उर्लाबारी, जाँते र कानेपोखरी लगायत ठाँउहरुमा गर्नु पर्ने थियो ।
श्रीमती विन्दादेवी राई सहित सभाषद चण्डीप्रसाद राई निजी निवासमा । तस्वीर तिम्मा न्यूज
पार्टीको गतिबिधी गर्ने क्रममा म लगायतका साथीहरुलाई पंचे र मण्डलेहरुले (अत) अराष्ट्रिय तत्व बामे भनेर दु:ख दिन्थे । प्रहरीले पटक पटक पक्राउ गरेर हिरासतमा लिएको थियो । पथरी चौकीको हवल्दार भएर रामचन्द्र थापा मगर आएका थिए । अहिले लिम्बुवानको नेता छन । उनले मलाई पक्राउ गरि पथरी चौकी लगे । म हिरासत भित्र थिए । टिकाराम राई, टिकाराम चाम्लीङ, हर्क राई, असोक सम्पाङ लगायतले नेतृत्व गरेर मलाई हिरासतबाट निकालेर घर ल्याएको स्मरण गर्दछु ।
सबै राजनिति दल मिलेर माघ ७ गते देखी ४६ सालको पहिलो जनआन्दोलनको घोषणा भयो । म र तिलकजी (स्वा. तिलक बान्तावा) लाई पथरीमा आन्दोलनको नेतृत्व गर्ने जिम्मा दियो । त्यसबेला बुद्धचौकको स्वा: बलाराम राई, छयालिसबिघेको विजय राई, अग्नी गुरुङ, इन्द्रहाङ सबेन्हाङ (स्वा: केर्खाली जेठा) अन्य साथीहरु पोमप्रसाद दाहाल वसन्ती राई (वसन्त नाना) कृष्णाकुमारी राई, रमेश दाहाल, सिएम सर, (चन्द्रमान कन्दङवा) निलम कन्दङवा, सुर्य कन्दङवा, मानप्रसाद लिम्बु, कुमार चाम्लीङ, नरेश घतानी, केशव बराल, राजेन्द्र बि.क. नविन सुवेदी, भवानीदेवी पोख्रेल,रामचन्द्र भट्टराई, मोहन न्यौपाने, देवराज थापा, भोला रिजाल, हरिमाया राई, इन्द्र भट्टराई लगायत परिचालित गरेका थियौ । (नोट अन्य साथीको नाम छुटन गएमा क्षमा प्राथी छु ।
आन्दोलनको क्रममा हामीले सडक बन्द गर्नु पर्ने हुन्थ्यो । सडक छेउको रुख १५ मिनेट भित्र ढालेर सडक अबरुद्ध गरि पार्टी सम्र्पकमा पुगी सक्नु पर्ने निति थियो ।
जब चैत्र २६ गते जनआन्दोलन सफल भयो । पंचायत सरकार ढल्यो । अनि हामीलाई अराष्ट्रिय तत्व बामे भन्नेहरुले दु:ख दिन छाडे । मेरो जीवनमा सबै भन्दा खुसीको पल भनेकै २०४६ चैत्र २६ गते हो । जो मेरो हृदयले खुसीको अनुभव गरेको छु ।
२०७० सालमा नेकपा एमाले पार्टीले संविधान सभा सदस्य पदको उम्मेद्धवार बनाएर पठायो । पार्टी, जनवर्गिय संगठन, लगायत मोरङ क्षेत्र न. २ का जनताले अत्याधिक मतका साथ विजयी गराए पछि सभाषद बन्ने अवसर जुट्यो । म नेकपा एमाले पार्टीको जिल्ला सदस्य रहेर काम गर्ने क्रममा पार्टी अध्यक्ष केपीशर्मा ओलीले २ पटकसम्मा संसद बिघटन गरेपछि असन्तुष्टी जनाउदै नयाँ पार्टी नेकपा (एस) को मोरङ उपाध्यक्ष तथा प्रदेश सदस्य रहेको छु ।
सामाजिक कार्य
पथरीशनिश्चरे १ को सुनाखरी मावि मेरै पहलमा स्थापना गरियो । यसैगरी पथरी बहुमुखी क्याम्पसको संस्थापक सदस्य सचिव भएर मैले काम गरेको छु । हिरक आधाभुत विद्यालयको संस्थापक सदस्य भएर काम गरेको छु । पथरी नगर अस्पतालको संस्थापक जग्गा खोजविन समितिको नेतृत्व गरेर काम गरेको छु ।
२०४१ सालमा कानेपोखरीको साकेलाथान म सचिव भएर काम गरेको छु । त्यसबेलाको कानेपोखरीको डम्बर राई अध्यक्ष थिए भने पथरीका कर्णबहादुर राई केरौनका लाउरे धामी, डिएन राई, लेटाङका निरविक्रम किराती लगायत भएर स्थपना गरेका थियौं ।
पथरीको साकेला थान मेरै पहलमा २०५४ सालमा स्थापन भएको थियो ।
त्यसको संस्थापक अध्यक्ष पथरीशनिश्चरे नगरपालिकाको मेयर दिलिपकुमार राई (किशोर) हुनुहुन्थ्यो । मनकामना साकोसको म संस्थापक सदस्य मदन भण्डारी स्मृती प्रतिष्ठानको संस्थापक सदस्य, इलाका ट्राफिक प्रहरी कार्यालय पथरी स्थापनाको संस्थापक सदस्य, इलाका प्रहरी कार्यालय निर्माणको संस्थापक भएर काम गरेको छु । मठमन्दिर निर्माणमा मेरो सहभागिता रहेको छ ।
परिवार
पथरीशनिश्चरे १० मोरङ स्थाई निवासी सभाषद राईले २०५५ सालमा पथरीशनिश्चरे नगरपालिका ५ की विन्दादेवी राईसंग बिवाह गरे । १ छोरा आर्किटेक इन्जीनियरिङ ब्यालर तेस्रो वर्षमा अध्यान गरिरहेका छन भने १ छोरी कक्षा ११ मा पढिरहेकी छिन ।






