लक्ष्मीमार्ग । असोज २८ गतेबाट सुरुहुने बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको प्रथम पुरस्कार राशी नगद आठ लाख रुपैयाँ रहेको छ ।
लक्ष्मी खेल मैदानमा आयोजना गरिएको यस गोल्डकप राशी ८ लाख रुपैयाँ रहेको हो ।
६२ लाख ९० हजार खर्च हुने अनुमान गरिएको यस गोल्डकपको दोस्रो पुरस्कार नगद ५ लाख ट्रफि, मेडल र प्रमाण पत्र राखिएको जनाइएको छ ।
आज शुक्रबार लक्ष्मी खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार ६९ ४० हजार आम्दानी गर्ने लक्ष रहेको छ । बेलबारी नगरपालिका कार्यालय मुख्य सहयोगी, आरजु राइस मिल मुख्य प्रायोजक रहेको यस गोल्डकपको सहप्रायोजकहरुमा द रिभर ओभरसिज प्राली, मल्टीमिसन टेनिङ सेन्टर धरान, टुबोर्ग बियर रहेका छन ।
यस गोल्डकपमा चर्च ब्वाइज काठमाण्डौं, ब्रिगेड ब्वाइज क्लब काठमाण्डौं, सहलेस युवा क्लव सिराहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डाँगिहाट युथ क्लव, बिर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल क्लव र युकेएफसि भारत गरि जम्मा ८ टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफन्डर, उत्कृष्ट मिटफिल्डर, उत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी पुरस्कार रहेको छ । यस्तैगरि खेलको म्यानअफद म्याच प्रत्येक दिन वितरण गरिने छ ।

तपाईको प्रतिक्रिया