
पथरी । पथरीशनिश्चरे प्रिमियर लिग चौथो संस्करणको लागी आज भदौ ६ गते शनिबर खेलाडी अक्सनको कार्यक्रम रहेको छ ।
पथरीशनिश्चरे नगरपालिका २ मोरङमा रहेको सिनभिलेज पार्टी प्यालेसमा आज दिउसो १० बजेदेखी खेलाडी अक्सनको कार्यक्रम रहेको हो ।
कात्तिक १० गतेबाट २४ गतेसम्मा संचालन हुने यस प्रतियोगितामा पथरीशनिश्चरे नगर भित्रका ७ टिमले सहभागीता जनाउने छन ।
दोस्रो लिग र डिफेन्डीङ च्याम्पीयन सात बाघ पथरीशनिश्चरे ७, प्रथम संस्करणको विजेता रोयल किङग्स पथरीशनिश्चरे १, बुद्ध युनाइटेड पथरीशनिश्चरे २, बिरेन्द्रनगर स्टील टाइगर (दिएसटि) पथरीशनिश्चरे ३, आइतबारे अश्त्र पथरीशनिश्चरे ३, क्लासिक ११ पथरीशनिश्चरे ५ हसन्दह, गोर्खा लिजेन्ट पथरीशनिश्चरे २ ले अक्सनको माध्यमबाट खेलाडी खरिद गर्नु पर्नेछ ।
२३१ जनाले चौथो सिजनमा सहभागी हुनको लागी आवेदन फारम भरेका छन भने एउटा टिमले ५० हजार रुपैयाँसम्मा मात्र खर्च गरेर खेलाडी खरिद गर्नुपर्ने निती रहेको आयोजक संस्था चौथो पथरीशनिश्चरे नगर प्रिमियर लिग समितिको अध्यक्ष बिरोज मगरले जानकारी दिए ।
विजेता टिमलाई नगद पुरस्कार १ लाख ३१ हजार ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस प्रतियोगिताको मुख्य प्रायोजक पथरीशनिश्चरे नगरपालिका रहेको छ ।






