अर्जुन काफले
पथरीशनिश्चरे । सरु लिम्बु १९ औं एसियाली खेलकुदको उद्घाटन खेलमा भियतनामविरुद्धको फुटबल खेलमा गम्भीर चोट लागेपछि कम्तिमा ९ महिना मैदानबाहिर रहने भएकी छिन ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले एसियन गेम्सका बाँकी खेल गुमाउने भएकी हुन ।
चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत भियतनामसँगको खेलमा चोट लागेपछि सरुले बाँकी खेल खेल्न नपाउने भएकी हुन ।
खेलको ३५औं मिनेटमा बायाँ खुट्टा आफैँ ट्विस्ट हुँदा सरुले मैदान छाडेकी थिइन । सरुको बाँया खुट्टाको एसिएल र मिनिस्कस गएको छ । पथरीशनिश्चरे बाटै फुटवल खेल्न थालेकी उनी एपिएफ क्लबमा समेत आबद्ध छिन ।

तपाईको प्रतिक्रिया