अर्जुन काफ्ले
पथरी । क्रिकेट प्रतियोगीतामा प्रयोग हुने वल ड्युज हुनु पर्ने मान्यता छ तर पुर्वी मोरङ्गमा आयोजना हुने अधिकास प्रतियोगीतामा ड्युज क्रिकेट वलको सट्टामा टेनिस वलको प्रयोग हुदै आएको छ ।
पुर्वी मोरङ्गका क्रिकेट मैदानमा क्रिकेट खेलाडीले टेनिस वललार्ई व्याटले हिर्काइरहेका हुन्छन् । उपयुक्त क्रिकेट मैदानको अभावमै क्रिकेटका प्रतियोगीतामा टेनिस वलको प्रयोग गर्नु पर्ने वाध्यता रहेको क्रिकेट प्रतियोगीताका आयोजकहरु वताउछन् ।
क्रिकेट वलमा टेनिस वलको प्रयोगले खेलको‘प्यासन’मात्र मेटिने खेलाडीहरुको भनाइ छ । ‘रियल क्रिकेट नभएपनि टेनिस वलवाटै प्रतियोगीता संन्चालन भइरहेको छ ’ पथरीशनिश्चरेका खेलाडी डिवि कार्की भन्छन् ‘क्रिकेटको स्तर वृद्धि गर्न त ड्युज नै वल प्रयोग गर्नु पर्दछ ’।
खेल मैदानको अभाव र अन्य प्राविधीक कठीनाइका कारण पनि प्रतियोगीतामा टेनिस वलको प्रयोग हुदै आएको छ । यसले खेलाडीको खेल प्रतिको लगाव वडाएपनि राष्ट्रिय स्तरका छनौटमा समस्या हुने गरेको छ । खेलाडीले टेनिस वलमै अभ्यास गर्दा ड्युज वलमा कसरी खेल्ने भन्ने भेउ नपाउने पथरीकै पुर्व क्रिकेट खेलाडी रमेश कार्की वताउछन् ।
चौथो संस्करणको प्रतियोगीता आयोजना गरिरहदा समेत मोरङ्गको पथरीशनिश्चरे प्रिमियर लिगमा भने क्रिकेट बलका रुपमा टेनिस वलकै प्रयोग हुदै आएको छ । टेनिस वलमै प्रतियोगीता गराउन वाध्य छौ आयोजकका सचिव राकेश राईले वताए ।
उपयुक्त खेल मैदानको अभावमा फुटवल मैदानलाई क्रिकेट मैदानका रुपमा अस्थाइ रुपमा प्रयोग गरेर प्रतियोगीता गराउन लागेको आयोजकका अध्यक्ष विरोज मगरले वताए । पथरीशनिश्चरेमा क्रिकेटका लागी मैदान नै छैन् । भएका केहि मैदानहरु फुटवल प्रतियोगीता गर्न प्रयोग हुदै आएका छन् ।
क्रिकेट प्रतियोगीतामा ड्युज बलका लागी आवश्यक पर्ने आउट फिल्ड, क्रिजको अभावमा पनि ड्युज वलको सट्टामा टेनिस वलकै प्रयोग गर्नु पर्ने वाध्यता रहेको आयोजकको भनाइ छ ।
मैदान मागका लागी पटक पटक स्थानिय सरकार संग आग्रह गरे पनि मैदान प्राप्ती हुन नसकेको उनीहरुको भनाइ छ । स्थानिय खेलाडी उत्पादनका लागी संन्चालन हुने यस्ता प्रतियोगीताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग गरे पनि ‘रियल’क्रिकेटको ड्युज वलको प्रयोग नगर्दा भने स्तर वृद्धि नहुने निस्चित प्राय छ । टेनिस वलमा अभ्यास गरेका कतिपय खेलाडीले ड्युज वलमा आफ्नो खेल कौशल प्रस्तुत गर्न पनि सक्दैन । नयाँ खेलाडीका लागी मैदानको अभाव हटाउन सके नेपाली क्रिकेटमा खेलाडी उत्पादन र नयाँ लगानी भित्राउन पनि सहज हुने विश्वास लिन सकिन्छ ।