
विजय खम्बु
पथरी । १८ वर्षसम्मा नेपाली फुटबल जगतमा चर्चामा कमाएका दिपक राई १ वर्ष अगाडीबाट ए डिभिजनका क्लवमा आवद्ध छैनन । अर्थात ए डिभिजन क्लबबाट बिश्राम लिए ।
३६ वर्ष उमेर पुगेका दिपकले २०७५/०७६ बाट नै राष्ट्रिय टिमबाट नखेल्ने घोषणा नै गरिसके थिए । अब ए डिभिजनबाट पनि खेल्दीन, किन भने नयाँ भाइहरुले पनि चान्स पाउनु पर्छ । २०४४ सालमा पथरीशनिश्चरे २ मा जन्मीका दिपक राई स्व. तिलक बान्तावा र विष्णुकुमारी राईको कान्छा छोरा हो । १५ वर्षको उमेरमा मच्छिन्द्र फुटबल क्लवबाट बि डिभिजन लिग खेल्न बित्तिकै ए डिभिजन क्लवमा अवद्ध भएर खेल्ने अवसर प्राप्त गर्नु थोरै सौभाग्यमानी खेलाडीले पाउछन । त्यही एउटा सौभाग्यमानी खेलाडी दिपक पनि हुन । दिपक राई भन्छन, मेरो मदर वा फादर क्लब मछिन्द्र नै हो ।
२०६१ सालमा कुमार प्रधान गुरुले दिपकको खेल कौसलता देखेर नै मछिन्द्र क्लवमा सिफरिस गरिएको दिपक सम्झन्छन ।
बि डिभिजन जितेर गएपछि ए डिभिजनमा बढुवा गरेर ३ वर्षसम्मा मछिन्द्र फुटबल क्लवमा नै अनुबन्धीत भएर खेले ।
२०६६ मा आरसिटि फुटबल क्लवमा आवद्ध भएर खेलेका दिपक २०६७/०६८ मा हिमालयन शेर्पामा अनुबन्धीत भए । दिपकले हिमालयन शेर्पा फुटबल क्लवलाई सेनमिगल नकआउट फुटबल प्रतियोगिताको उपाधी दिलाउन सफल भए । दिपकको १ गोल नै निर्णायक गोलमा परिणत भएको थियो ।
२०६९ देखी २०७३ सम्मा मनाङ मस्र्याङदी फुटबल क्लवबाट अग्रपंती को भूमिका निर्वाह गर्ने जिम्मेवारी पाए ।
२०७४ देखी ०७६ सम्मा मछिन्द्रमानै फर्केर अग्रपंत्तीमा रहेर खेलेका दिपक २०७७/०७८ को सिजन खेले पश्चात ए डिभिजन क्लवबाट पनि छाडेर अहिले गृहनगर पथरीमा परिवारलाई समय दिएर बसि रहेका छन ।
नियमित रुपमा बिहान ब्याड मिन्टन खेल्छन । बेलुकाको समयमा फुटबल सिकाउँछन । स्थानिय खेलाडीहरुलाई ट्रेनिङ दिइ रहेका दिपक आफुले सिकाएका खेलाडीहरुले ए डिभिजन क्लवहरुमा आवद्ध भएर ब्यवसायिक फुठबल खेलेको देख्न चाहेको बताउछन ।
दिपक राईले फुटबल खेलेर नै २ करोड भन्दा बढी पैसा कमाएका थिए । एक करोड रुपैयाँ त उनि आवद्ध भएका क्लवहरुबाट तलव नै बुझेको बताउछन । बाँकी १ करोड रुपैया (खेप) खेले बापतको पारिश्रमिक लिए । खेलाडीले ढर्रा गरे पैसा नबच्ने दिपकको अनुभव छ । कसको महंङगो लत्ता कपडा, कसको महंगो जुत्ता तिर खेलाडी गए पैसा बचाउनै नसकिने दिपकको भनाई छ ।
पहिलो पटक मासिक ३ हजार रुपैयाँमा बि डिभिजन खेल्नका मछिन्द्रका लागी अनुबन्धीत भएका दिपकले मासिक ८० हजार रुपैयाँसम्मा अनुबन्धीत भएर नेपाली क्लवहरुबाट नै लिए । कमाई गरे ।
फुटबलबाट बाच्न परिवारलाई बचाउन सकिने अनुभव दिपक सुनाउछन । मिहेनत गरेर खेल्न सकियो भने परिवार चल्छ, हाम्रो पालामा राम्रै पैसा थियो ।
दिपकले सफल पोखरा कप २०७३ र तिलोतमा गोल्डकप २०७३ उत्कृष्ट खेलाडी घोषित हुँदै मोटरसाइकल पुरस्कार पाएका थिए । दिपकको नाममा राष्ट्रिय लिग स्तरको प्रतियोगितामा ५० गोल हाराहारीमा छ ।
२०१२ को सिलिगुढीमा संचालित नेपाल र भारतविचको खेलबाट नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका दिपकले कतार, यमन, मंगोलिया, फिलिपिन्स, भुटान र श्रीलङकामा गएर खेलेका छन ।
सिक्किमको गर्भनर गोल्डकप खेलेका दिपक नेपाली फुटबल क्षेत्रमा योगदान पुराएका सफल खेलाडी हुन । पथरीबाट अहिले मिन धिमाल थ्रीस्टार र साइमन लिम्बु चर्च ब्वाइज आवद्ध भएर ए डिभिजन लिगका क्लवमा अवद्ध भएर खेली रहेका छन । ७ जना पथरीको खेलाडीहरुले सि डिभिजन खेली रहेकोमा खुसी छन । परिवारमा १ छोरा १ छोरी र श्रीमती छन । अबको बाँकी समयलाई पथरीशनिश्चरे नगर खेलकुदमा योगदान गर्ने रहर रहेको सुनाए । तस्वीर तिम्मा न्यूज






