पथरी । पथरीशनिश्चरे नगरपालिकाले रेबिज बिरुद्धको निशुल्क खोप अभियान संचालन गरिरहेको छ ।
हिजो मंगलबारदेखी घर पालुवा कुकुरहरुलाई रेबिज बिरुद्धको खोप निशुल्क रुपमा लगाउन सुरु गरिएको हो ।
पथरीशनिश्चरे नगरपालिका कार्यालयको पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत डा. सवल पोख्रेलका अनुसार सबै वडामा गएर रेबिज बिरुद्धको खोप अभियान संचालन गरिने तालिका रहेको जानकारी दिए ।
पथरीशनिश्चरे नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृतले एक सुचना जारी गर्दै असोज ९ गतेदेखी असोज २३ गतेसम्मा प्रत्येक वडामा निशुल्क खोप अभियान सुरु गर्ने जानकारी दिएको छ ।
सामुदायिक कुकुरको हकमा भने यो अभियान समाप्त भएपछि पुन: संचालन गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया