
पथरी । राजन अधिकारी फाउण्डेसन धरान सुनसरीले संचालन गरेको एम्बुलेन्सको डिक्कीमा गाँजा भेटिए पछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगर प्रहरी टोलिले चेक जाँचको क्रममा को. १ च ४६१९ को एम्बुलेन्सको डिकीमा २१.५ किलोग्राम लागुऔषध गाँजा भेटिएको हो ।
एम्बुलेन्स सहित चालक धरान ११ सुनसरी बस्ने बर्ष ३८ का गंगा सरकारको साथबाट नेपाली रुपैयाँ ४० हजार पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स सहित रहेको अवस्थामा प्रहरीले बिआर ३८ एएफ ०३३६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको थियो ।
चालक सरकारलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दियो ।







