
पथरी । पथरीशनिश्चरे २ बुद्धचौक मोरङमा असोज १२ गते शुक्रबार निशुल्क मुटुजाँच सहित औषधी वितरण गरिने कार्यक्रम रहेको छ ।
लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि., लायन्स क्लव अफ पथरी, योङ हार्ट, शनिश्चरे, क्रियटिभ लेडिज र लियो क्लव अफ पथरीको संयुक्त आयोजनामा मुटुको निशुल्क जाँच हुने गरी “स्वास्थ्य शिविर”को आयोजना गरेको हो ।
विश्व मुटु रोग दिवस स्वास्थ्य शिविरको अवसरमा ईसिजी, ईको जाँच र औषधीहरु पनि निशुल्क उपलब्ध हुने लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक गणेशकुमार राईले बताए ।





