पथरी । पथरीशनिश्चरे १ बस्ने युवा भदौ १ गतेदेखी बेपत्ता भएका छन । पथरीशनिश्चरे १ का करण केदेम लिम्बु १० अगाडी देखी बेपत्ता भएका हुन ।
साइनोमा दाजु रहेका एन्जल राईले जानकारी दिए अनुसार पथरीशनिश्चरे १ मा संचालित एक कारवासमा काम गर्ने गरेको बताए ।
कारवासमा काम गरिरहेका लिम्बु हराएको १० बितिसक्दा पनि कारवासका संचालकले आफुहरुलाई जानकारी नदिएको एन्जल राईले बताए ।
एन्जल राईका अनुसार हिजो पथरीशनिश्चरे २ मा भेटिएको शवको हातको टयाटु र बहिनीले बाँधिदिएको राखीको आधारमा उनि हुन सक्ने आशंका रहेको जनाए ।
इलाक प्रहरी कार्यालय पथरीका डिएसपी गणेशकुमार श्रेष्ठका अनुसार यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया