
पथरी । पथरीशनिश्चरे नगरपालिकाले खेलकुद्ध विकास समितिको संयोजकमा पूर्व राष्ट्रिय फुटबल टिमका खेलाडी दिपक राईलाई नियुत्ती गरेको छ ।
आज बसेको पथरीशनिश्चरे नगरपालिकाको कार्यपालिकाको बैठकले राईलाई खेलकुद विकास समितिको संयोजकमा नियुत्ती गरेको हो ।
आज नियुत्त गरिएको नगर खेलकुद विकास समिति खाली रहेको थियो ।
बिभिन्न ए डिभिजन क्लवहरुमा अनुबन्धीत भएर १८ वर्षसम्मा ब्यवसायिक फुटबल खेलेर राष्ट्रिय टिम र ए डिभिजन क्लवहरुबाट नखेल्ने घोषणा गरेका राईले नगरको खेलकुद विकासमा योगदान पुर्याउने प्रतिवद्धता जनाए ।
पथरीशनिश्चरे नगरपालिकाबाट सम्पूर्ण बिधामा खेल खेल्ले ब्यवसायिक खेलाडीहरुको उत्पादन तथा विकास गर्दै संरक्षण लागी पार्ने आफनो उदेश्य रहेको प्रतिक्रिया दिए ।






