इटहरी । हिजो बुधबार सुनसरीको धरानमा सम्पन्न पाचौं अधिबेसनबाट सुनसरी जिल्ला बास्केटवल संघ नारायण सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छन ।
समितिको उपाध्यक्षमा विवेक राई, सचिव विकास चाम्लिङ राई, सहसचिवमा युगल लिम्वु र कोषाध्यक्षमा डा. आशा राई निर्वाचित भएका हुन । अध्यक्ष सुवेदी र सचिव राईको यो दोश्रो कार्यकाल हो ।
सदस्यहरुमा विकाश वनेपाली, रेखा गुरुङ, गौरवमान श्रेष्ठ, रन्जित लिम्वु, रविन गुरुङ, आस्था राई, नुप राई, चिरन्जिवि गिरि, अधिप श्रेष्ठ र वृजेस तामाङ निर्वाचित भएका थिए ।
पाचौं जिल्ला अधिवेशन प्रदेश खेलकुद विकास वोर्डका सदस्य रोशनी राईले उदघाटन गरेकी थिइन ।
प्रदेश बास्केटवल संघका उपाध्यक्ष रोशन राई, सुनसरी जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख यादव कार्की, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईको उपस्थिती रहेको थियो । फोटोको स्रोत विजयपुर खबर 

तपाईको प्रतिक्रिया