
पथरी । नोवेल मेडिकल कलेज टिचिङ हस्पीटल विराटनगरको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।
पथरीशनिश्चरे नगरपालिका २ मा स्थापित लर्ड बुद्ध वचत तथा ऋण सहकारी संस्था लि.को प्राङगणमा आज अन्र्तराष्ट्रिय मुटु दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।
लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि., लायन्स क्लव अफ पथरी, योङ हार्ट शनिश्चरे, क्रियटिभ लेडिज र लियो क्लव अफ पथरीको संयुक्त आयोजनामा मुटुको निशुल्क शिविर संचालन भएको थियो ।
१ सय २८ जना मुटुरोगीहरुले सेवा लिएको उत्त शिविरमा इसिजी, इको गरिएको थियो भने निशुल्क औषधी वितरण गरिएको लर्ड बुद्ध साकोसका ब्यवस्थापक गणेशकुमार राईले बताए ।

नोवेल मेडिकल कलेज टिचिङ हस्पीटल विराटनगरका बरिष्ट मुटुरोग विशेषज्ञ डा. सुसान्त कटुवाल सहितका प्राबिधिक टोली शिविर खटिएका थिए ।
लायन्स क्लव अफ पथरीका अध्यक्ष भगतचन्द्र थपलिया, पथरी योङ हर्ट अध्यक्ष सरोज राई, पथरीशनिश्चरेका अध्यक्ष भोजकुमारी लावती, पथरी क्रियटिभ लेडी अध्यक्ष सारदा बस्नेत, लियो पथरी नमिरा पौडेल, लर्डबुद्ध साकोस अध्यक्ष अमिर राईको उपस्थिती थियो ।
त्यसैगरि लाइन्स अन्र्तराष्टिङ ३२५ सि बाट रिजन चियर पर्सन रोहितकुमार शाह, एरिया कोअर्डीनेटर झमक बहादुर काफले र डिष्टीक टे«निङ पुल चिफ रोशन बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।
यस कार्यक्रमको उद्घाटन पथरीशनिश्चरे नगरपालिका कार्यालयका उप प्रमुख तथा लायन्स ब्राण्ड एम्बासडर लायन देवीमाया काफलेले गरेकी थिइन । तस्वीरहरु तिम्मा न्यूज







