
स्वा.करण लिम्बुको तस्वीर
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा २ स्थित सुन्दर सामुदायिक वन उपभोत्ता समुह भित्र गोही होलीमा भेटिएको शवको सनाखत भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी गणेशकुमार श्रेष्ठका अनुसार मृतक पथरीशनिश्चरे नगरपालिका वडा न. १ बस्ने वर्ष २६ का करण लिम्बु भएको सनाखत भएको हो ।
असोज ९ गते १२:५० बजेको समयमा स्थानियले खोलाको होलीमा कुहिएको अवस्थामा बेवारिसे शव भेटिए पछि प्रहरीले धरान स्थित बिपि कोइराइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाको शवगृहमा पठाएको थियो ।
सनाखत भएपछि शवको जिम्मा आफन्तले लिएर दाहसंस्कार समेत गरिसकेको करण लिम्बुका दाजु एन्जल राईले बताए ।
करणको शव प्रमाणित भएपछि यस विषयमा प्रहरीले गहिरो अनुसन्धान गर्नु पर्ने आफन्तको माग रहेको छ । करण असोज १ गतेसम्मा पथरी बजारको एक मोटर कारवासमा काम गरेको र त्यसैदिनदेखी बेपत्ता भएको आफन्तको भनाई रहेको छ ।






