पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. ७ मोरङका २ जना बालकहरु बेपत्ता भएका छन ।
हिजो असोज ११ गते बेलुका करिब ८ बजेको समयदेखी वर्ष १२ अमन तामाङ र वर्ष १४ का संयोजन तुम्बाहाम्फे बेपत्ता भएका हुन । एउटा टर्चलाइट र मोवाइल बोकेर घरदेखी नै २ बालकहरु हिडेर बेपत्ता भएका थिए ।
बेपत्ता भएका अमन तामाङ पथरीशनिश्चरे २ को चिनारी अंग्रेजी स्कुल र संयोजन तुम्बाहाम्फे पथरीशनिश्रे २ को रेडस्टार अंग्रेजी स्कुलमा अध्यान गर्दथे ।
आफन्तले इलाका प्रहरी कार्यालय पथरीको मोवाइल नम्बर ९८५२०२७४६९ वा आमा तारा लिम्बुको मोवाइल नम्बर ९८४२१६७०८९ मा सम्र्पक गर्न अनुरोध गरेका छन ।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी गणेशकुमार श्रेष्ठका अनुसार यस विषयमा बुझने बताए ।

तपाईको प्रतिक्रिया