पथरी । पथरीशनिश्चरे १ का करण लिम्बुको कोही कसैले हत्या गरेर फालेको हुन सक्ने परिवारले आशंका गरेका छन ।
सुन्दर सामुदायिक वन उपभोत्ता समुहको वन क्षेत्रमा पर्ने गुहेहोली (गोहीहोली) होलीमा भेटिएका करणको शवको कसैले हत्या गरेर फालेको हुन सक्ने भन्दै परिवारले आशंका गरेका हुन ।
वर्ष २६ का करणको शव बेबारिसे अवस्थामा असोज ९ गते दिउँसो १२:३० बजेको समयमा भेटिएको थियो ।
करणका मामा रबिन राईका अनुसार शव भेटिएको स्थानमा उनले लगाएको जुत्ता तथा चप्पल नभेटिएको बताए ।
पथरीशनिश्चरेको एक कारवासमा काम गर्ने गरेको त्याहाबाट समेत केही मानिसहरु बेपत्ता भएको हुनाले आशंका बढेको बताए ।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी गणेशकुमार श्रेष्ठका अनुसार यस विषयमा अनुसन्धान भई रहेको जानकारी दिए । हत्या हो वा होइन । अनुसन्धानको बिन्दुमा पुगेपछि थाहा हुने डिएसपी श्रेष्ठको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया