
किसानको घरबाट दुध संकल गर्दै ढकाल दुग्ध डेरीका संचालक तथा स्थानिय ब्यापारी रत्न ढकाल । तस्वीर तिम्मा न्यूज
पथरी । पथरीशनिश्चरे नगर क्षेत्रमा संचालित डेरीहरुमा दुधको मुल्य घटेको छ ।
आज असोज १६ गतेको दिनबाट दुधको मुल्य घटेको हो । बिहानी दुग्ध तथा कृषि सहकारी संस्थाका ब्यवस्थापक नेत्र बरालका अनुसार आजदेखी दुध ८० रुपैयाँमा बिक्री हुनेछ । प्रति लिटर ९० रुपैयाँमा बिक्री भइरहेको दुधको मुल्य १० रुपैयाँ घटेको हो । यस्तै १२० रुपैयाँमा बिक्री भइरहेको दहिको मुल्य ११० रुपैयाँमा झरेको छ । ९ सय रुपैयाँ प्रतिकेजी बेचिरहेको पनिर ८०० रुपैयाँमा बिक्री गरिनेछ ।
नौनी घिउको मुल्य ९५० रहेको बरालले जनाए ।
दुधको मुल्य घटनुमा चिसो सिजन आएको र ठुला ब्यापारीले साना ब्यापारीलाई भुत्तानी नदिनुको कारण रहेको स्थानिय दुध डेरी संचालकहरु बताउछन । दुधको मुल्य घटेको कारण उपभोत्तालाई सहज भए पनि किसानलाई मर्का परेको छ ।






