पथरीशनिश्चरे । जनता समाजबादी पार्टीको लिम्बुवान प्रदेश समितिको बिवाद उत्र्कषमा पुगेको छ ।
लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले असोज १३ गते बैठकलले संगठन पुर्नगठन गर्ने निर्णय गरेको उल्लेख गर्दै पर्नगठनमा भाँजो हालिएको बिज्ञप्ती निकाले पछि बिवाद उत्र्कषमा पुगेको हो ।
१० प्लस १ पार्टी संरचनालाई ध्वास्ता पार्न भए भरको शत्ती खर्चिएको, बिधान कार्यन्वय पक्षलाई असफल पार्न कम्मर कसेर लागेको बिज्ञप्ती जारी गरेपछि यसको चौतफी आलोचना भइरहेको छ । जनता समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य लोकसागर साम्बाले खगेन्द्र माखिमलाई यसरी मनपरी नगर्न र नबोल्नु होला सामाजिक संजाल फेसबुकबाट सुझाएका छन ।
जसपा तपाईको पेवा होईन, यो पार्टी निर्माणमा हामी सबैको रगत पसिना रहेको भन्दै हामी स्थापनाकालदेखि यो पार्टी निर्माणमा छौ तपाइहरु अलिक पछि जोडिनु भयो, भनेर स्मरण गराएका छन ।
साम्बाले आफनो फेसबुक वालमा लेखेका छन, पार्टी निर्माता परिकल्पनाकार तपाईं हुँदैहोइन, केवल जोडिनु भएको हो, अशोक राई, उपेन्द्र यादव, रकम चेम्जङ रहेको उल्लेख गर्दै नेतृत्वलाई यसरी आक्षेप लगाउने कसरी गर्नु भयो भनि प्रश्न गरेका छन ।

तपाईको प्रतिक्रिया