पथरी । एक वर्ष भरी मानव स्वास्थ्य सम्बन्धी गरेको काम समिक्षा बैठक सुरु भएको छ ।  आज बुधबार पथरीशनिश्चरे नगरपालिका कार्यालयको सभाहलमा समिक्षा बैठक सुरु भएको हो । आर्थिक वर्ष २०७९/०८० मा भएका जनस्वास्थ्य सम्बन्धी शिर्षकमा गरिएको कार्यक्रमहरुको उद्घाटन नगर प्रमुख मोहन तुम्बापोले उदघाटन गरेका थिए ।
२ दिनसम्मा संचालन हुने समिक्षा कार्यक्रममा पथरी नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी, हसन्दह स्वास्थ्य चौकी, बी.एन.एम.टी मोरङ, एन.एल.आर. विराटनगर, फेयरमेड नेपाल, करुणा फाण्डेशन, पथरी अस्पताल प्रा.लि., मोरङ अस्पताल प्रा.लि., नगरपालिका स्वास्थ्य शाखा र नगरको आधारभूत स्वास्थ्य केन्द्रहरुको सहभागिता रहने छ ।
नगरका प्रमुख प्रशासकीय अधिकृत शशी राईले शुभकामना जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका शेखर यादवले कार्यक्रम सफलताको शुभकामना राखेका थिए । नगर स्वास्थ्य शाखा पथरीशनिश्चरेका अधिकृत एकराज खत्रीले संचालन गरेका थिए । तस्वीर पथरीशनिश्चरे नगरपालिका कार्यालयको फेसबुक पेजबाट

तपाईको प्रतिक्रिया