पथरी । थारु कल्याणकारी सभा पथरीशनिश्चरे नगरसमितिले आयोजना गरेको जितिया पर्वको अवसर वृहत सांगितिक तथा सास्कृतिक कार्याक्रम सम्पन्न भएको छ ।
मोरङको पथरीशनिश्चरे ६ मा नगर समितिले आयोजना गरेको बृहत साङगितिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
थारु सहुदायका युवा तथा महिलाहरुले जातिय पहिचान झल्कीने भेषभुषामा हारी, सिरबन्दी, चुरिया, फुली, चनरहार, दर्कसना, पन्जा, झुम्का, पाउजु, कल्ली, हस्ली झुम्का, लाछा,लगायतका पहिरण लगाएका आएका थिए भने युवाहरुले धोती गम्छा लगाएर सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पथरीशनिश्चरे नगर पालिका कार्यालयका प्रमुख मोहन तुम्बापो, नगर भरिको वडा अध्यक्षहरु पूर्व वडा अध्यक्षहरु, इप्रका पथरीका प्रमुख गणेशकुमार श्रेष्ठ लगायतको समहभातिा थियो ।
कार्यक्रममा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई हातले बनाएको रोटी, स्थानिय माछा, दही, चिउरा, तरकारी जुलेबी लगायत थारु समुदायको खानाको परिकार खुवाएका थिए ।

तपाईको प्रतिक्रिया