
पथरी । असोज १७ र १८ गते २ नि संचालन भएको पथरीशनिश्चरे नगर स्वस्थ्यको वार्षिक समीक्षा कार्यक्रम समापन भएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा भएका स्वास्थ्य शिर्षकमा सम्पन्न भएका कार्यक्रमहरुको वार्षिक समीक्षा कार्यक्रमको समापन भएको हो । पथरी नगर अस्पताल, शनिश्चरे स्वास्थय चौकी, हसन्दह स्वास्थ्य चौकी, बी।एन।एम।टी। मोरङ, एन.एल.आर. विराटनगर, फेयरमेड नेपाल, करुणा फाण्डेशन, पथरी अस्पताल प्रा.लि., मोरङ हस्पताल प्रा. लि., नगरपालिका स्वास्थ्य शाखा र नगरको आधारभूत स्वास्थ्य केन्द्रहरुले आ–आफ्नो प्रस्तुति राखेका थिए ।
स्वास्थ्य शाखाका अधिकृत एकराज खत्री र जगत मगरले सहजीकरण गरेका थिए । समाचार र तस्वीरको स्रोत पथरीशनिश्चरे नगरपालिका कार्यालयको फेसबुक पेजबाट





