
पथरी । पथरीशनिश्चरे नगरपालिकामा कर्मचारीको आन्दोलनका कारण अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ ।
आज शुक्रबार पालिकामा कार्यरत कर्मचारीहरुले सामुहिक रुपमा नगर प्रमुख मोहन तुम्बापो र प्रमुख प्रशासकिय अधिकृत शशी राईलाई ज्ञापनपत्र बुझाउदै पेनडाउन गरी आन्दोलन गरे पश्चात सम्पूर्ण सेवा ठप्प भएको हो ।
स्थानिय तह कर्मचारी संगठन केन्द्रिय समितिले आह्वान गरेको आन्दोलनलाई एक्यवद्धता जनाउदै आनिश्चित कालिन रुपमा पेनडाउनको कार्यक्रम गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।
संघिय सेवा निजामति ऐनको सट्टा निजामति ऐन जारी गर्नुपर्ने, स्थानिय तहको प्रमुख प्रशासकिय अधिकृतको पद् स्थानिय सेवाको नै रहने ब्यवस्था गर्नुपर्ने, निजामतिको परिभाषाभित्र स्थानिय कर्मचारीलाई पनि समेटनु पर्ने लगायत बिभिन्न ११ बुँदे मागपत्र बुझाएका छन ।
कर्मचारीको आन्दोलनका कारण स्थानिय सेवा लिन आएका सेवाग्राही प्रभावित भएका छन । स्वास्थ्य सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरेर अनिश्चित कालिन आन्दोलनमा सहभागी जनाइएको छ ।







