
पथरी । सुन्दर सामुदायिक वन उपभोत्ता समुहको वन हेरालु कर्मचारीको सक्रियताको कारण चोरी तस्करी नियन्त्रणमा आएको छ । बिहान ७ बजेदेखी बेलुका ५ बजेको समयसम्म आफनो वनक्षेत्र भित्रमा हेरालु कर्मचारीको सक्रिय गस्तीको कारण चोरी तस्करी नियन्त्रणमा आएको हो ।
दिउँसोको समयमा उपभोत्ता समुह भन्दा बाहिरका मानिसले घाँस दाउरा लाने, जंगली जनावरको चोरी सिकार हुने गर्दथ्यो । देवीप्रसाद पौडेलले २०६४ सालदेखी बन हेरालुको काम सुरु गरेको बताउछन । ६० वर्ष उमेर पुगेका पौडेल वन हेरालुमा नियुत्त भएपछि काँचो लाथ्रा बिरुवा कटनी तथा वन डढेलो नियत्रणमा आएको बताए ।
यस्तै वर्ष ६४ का गङगा बहादुर राई २०७५ सालदेखि वन हेरालु कर्मचारीमा नियुत्त भएका हुन । बन्यजन्तुको चोरीचकारी आफनो वन क्षेत्रमा नहुने राईले दाबि गरे । ८९.५ हेक्टर नेपाल सरकारले हस्तानतरण गरेको यस समुहमा २५४ घरधुरी उपभोत्ता सदस्य छन । तस्वीर तिम्मा न्युज





