पथरी । बिभिन्न ११ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेर अनिश्चितकालिन सेवा बन्द गर्दै स्थानिय तह कर्मचारी संगठनले पथरीशनिश्चरे नगरमा संघर्ष समिति गठन गरेको छ ।
पथरीशनिश्चरे नगरपालिका कार्यालयको सभाहलमा आज शुक्रबार भएको एक भेलाले संघर्ष समिकिो संयोजक अधिकृत शिव राई, उप संयोजक तारा ढकाल, सचिव सरोज भट्टराई, कोषाध्यक्ष गिता कट्टेल रहने गरि १५ सदस्य संर्घष समिति गठन गरेको हो ।
स्थानिय निकायका कर्मचारीहरुले संघिय सेवा निजामति ऐनको सट्टा निजामति ऐन जारी गर्नुपर्ने, स्थानिय तहको प्रमुख प्रशासकिय अधिकृतको पद् स्थानिय सेवाको नै रहने ब्यवस्था गर्नुपर्ने, निजामतिको परिभाषाभित्र स्थानिय कर्मचारीलाई पनि समेटनु पर्ने लगायत बिभिन्न ११ बुँदे मागपत्र नगर प्रमुख मोहन तुम्बापो र प्रमुख प्रशासकिय अधिकृत शशि राईलाई ज्ञापनपत्र बुझाएका थिए ।
नव गठित संर्घष समितिको सल्लाहाकारहरुमा सालिकराम काफले, पिताम्बर वस्ती, मुरारी आचार्य र नविन खुलाल बढाथोकी रहने गरि गठन गरेको छ । नगरको स्वास्थ्य शाखा बाहेक हुने सम्पूर्ण सेवाहरु ठप्प पार्दै राजधानी काठमाण्डौं केन्द्रित आन्दोलनमा सहभागी हुन जाने कार्यक्रम समेत रहेको संयोजक राईले जानकारी दिए । तस्वीर सौजन्य ताराप्रसाद ढकाल

तपाईको प्रतिक्रिया